२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यले जित्नेमा म विश्वस्त छु : प्रधानमन्त्री देउवा

19115 Shares
Spread the love

लण्डन । बेलायतको भ्रमणमा रहेका प्रधानमंत्री शेर बहादुर देउवाले गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा केन्द्रीय सल्लाहकार कुल आचार्य विजयी हुने आफुले विश्वास लिएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ युकेद्वारा नेपाली दूतावास लण्डनमा शनिबार आयोजित स्वागत समारोहमा बोल्दै प्रधानमंत्री देउवाले भने, “कुल आचार्यजीले जित्नेमा म विश्वस्त छु। (तपाईहरु सबैले) उहाँलाई जिताउनु होला। ”

संघका केन्द्रीय सल्लाहकार तथा पूर्व उपाध्यक्ष आचार्यले सन् २०२१-२३ का लागि संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

तर संघको दशौँ महाधिवेशनका लागि डेलिगेट्स (प्रतिनिधि) चयन को विषय लई लिएर उत्पन्न विवादका कारण महाधिवेशन तथा चुनाव पर सरेको छ।

यस अघि संघले अक्टोबर २३-२५ मा महाधिवेशन गर्ने मिति तोकेको थियो।

कार्यक्रममा एनआरएनए यूकेको तर्फबाट अध्यक्ष प्रेम गाहा मगरले गत आइतबार आयोजित संघका राष्ट्रिय समन्वय परिषदहरुको पहिलो विश्व भेलाले पारित गरेका निष्कर्षहरु प्रधानमंत्री देउवालाई हस्तान्तरण गरेका थिए।

विदेशी लगानी भित्र्याउन आग्रह

जलवायु सम्बन्धी राष्ट्र संघीय सम्मेलनमा भाग लिन बेलायत आइ पुगेका प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र विदेशी लगानी भित्र्याउन पनि आग्रह गरे।

उनले नेपालमा लगानी लैजानका लागि विद्यमान अप्ठेराहरुलाई समाधान गर्ने तथा प्रवेशाज्ञा लगायतका समस्या सरलीकरण गरिने बताए ।

गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा बेलायती सांसदहरुसित पनि कुरा उठाइसकेको र बेलायती सरकारी तथा संसदीय टोलीसित आफूले कुरा राख्ने जानकारी उनले दिए । “गोरखाहरुको हकहितका लागि सरकार हरहालतमा लागि पर्नेछ,” उनले भने ।

बेलायतबाट नेपालमा कोरोना नियन्त्रणका लागि गरिएको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी चैत सम्ममा नेपाल कोरोनामुक्त हुने विश्वास पनि व्यक्त गरे ।

हेर्नोस् नेपाली दूतावासमा शनिवार आयोजित कार्यक्रममा प्रधानमंत्री शेर बहादुर देउवाको मन्तव्यको भिडियो :

प्रतिक्रिया