२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

संस्था राम्रो बनाउने भन्दा कसरी कब्जा गर्ने भन्नेमा सथिहरुको ध्यान गयो : कुल आचार्य ( भिडियो )

26149 Shares
Spread the love

लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएन) का सल्लाहकार संस्था बचाउन लागि परेकाहरुको आलोचना गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलालाई आइतबार सम्बोधन गर्दै आचार्यले सबैले आत्मआलोचना गरेर संस्थाको हितका लागि अगाडि बढ्न आग्रह गरे ।

एनआरएनलाई विधानसम्मत, नियमसम्मत रुपमा अगाडि बढाउनुपर्नेमा आचार्यको जोड छ । संसारभरका गैर आवासीय नेपालीहरुको भावना अनुसार समस्या समाधानमा छिटोभन्दा छिटो ध्यान दिन आग्रह गरे । संस्थामा आइपरेका समस्यालाई सहकार्य समझदारी गरेर अघि बढाउने विषयमा जोड दिन उनले सबैसँग अपिल गरे ।

२०२१-२३ का लागि अध्यक्षका प्रत्यासी आचार्यले संसारभरका नेपालीहरुको मन मुटुमा रहेको ठूलो र धेरैको आस्था रहेको संस्था भएकाले यसलाई राम्रो बनाउनका लागि काम गर्नुपर्ने बताए । ‘यो संस्थालाई सबल र सक्षम बनाउनका लागि नेतृत्व लागोस् । आज आफूले गल्ती गर्दै गर्दा अरुलाई हिलो छ्याप्ने काम नहोस्,’ उनले भने, ‘अरुलाई कुनै किसिमको आरोप लगाएर चोखिने काम नहोस् । भेलामा पनि तपाईहरुले गम्भीर छलफल गरेर एउटा निर्णयमा पुग्नुहुनेछ भन्ने म अनुरोध पनि गर्न चाहन्छु ।’

गैर आवासीय नेपाली संघमा हृदयदेखि संस्थाको हितमा काम गरेको र व्यक्तिगत स्वार्थमा काम गरेका कुराहरुलाई छुट्याउनु पर्ने बेला आएको आचार्यले बताए । दशौं महाधिवेशन सकेर बाँकी रहेका कामहरुमा लाग्नुपर्नेमा जोड दिए ।

काम गर्नुपर्ने बेला

सल्लाहकार आचार्यले गैर आवासीय नेपालीका नागरिकता, सम्पत्तिका सुरक्षादेखि सामूहिक लगानी, सामुहिक सुरक्षा कोष लगायतका विषयमा काम गर्नुपर्ने बेला आएको स्मरण गराए । उनले संसारभरका नेपालीहरुलाई नेपालसँग जोड्नु पर्ने बेला आएको बताए । ‘नेपाल हामी जन्मिएको ठाउँलाई कसरी राम्रो बनाउने भन्नेमा ध्यान दिनु पर्नेमा अहिले संस्था कसरी कब्जा गर्ने? कतैकतै संस्थालाई व्यक्तिगत फाइदाका लागि प्रयोग भइरहेको छ कि भन्ने विषयमा सोच्ने बेला आएको छ’, आचार्यले भने, ‘यो विषयमा पनि यो भेलाले छलफल गर्नेछ । अझै पनि संस्थालाई बलियो बनाउँदै छिटो छरितो भएका अनियमितताहरुलाई समाधान गरेर अघि बढ्नुपर्छ ।’

अहिलेको समस्या समाधान गर्नका लागि कहिले संरक्षक परिषद्लाई कहिले रिजनलाई दिने भनिन्छ, कहिले दुई जनाको कमिटी, कहिले चार जनाको कमिटी भन्दै समस्या बल्झाउने काम मात्रै भएको प्रति टिप्पणी गरे । ‘सानातिना मनमुटावहरु हुनसक्छन् । त्यो सहेर हामी संस्थालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि हामी जसरी लागेका छौं’ आचार्यले भने । सबैले जिम्मेवारी बोध गरेमा समस्याको समाधान हुने उनले अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया