२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

झन्डै ८० प्रतिशत अध्यक्षहरुको उपस्थितिमा एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला सम्पन्न

15913 Shares
Spread the love

काठामाडौँ – झन्डै ८० प्रतिशत अध्यक्षहरुको उपस्थितिमा एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला के पी ओली समर्थित सानो समूह बाहेक एनआरएनएको मूल प्रवाहको सहभागितामा भव्य रुपमा सम्पन्न भएको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तको बिशेष भेट पछि पूर्व प्रधानमन्त्री ओली ले संसार भरिका एमाले समर्थकलाई एकजुट भएर आफ्ना उम्मेद्वार बद्री केसीलाई जिताउन आग्रह गरेपछि एमाले समर्थकहरुले भेला बहिस्कार गर्न दबाब दिदै आएका थिए । भेला बहिस्कार गर्न ब्यापक दबाबका बिच पनि ५० जना एनसीसी अध्यक्षहरु भेलामा सह्भागि भएका छन ।

आइतबार भर्चुएल माध्यमबाट आयोजना गरिएको गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलो पटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुख लागेको बताए। उनले अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफै ६ महिना थप गर्ने प्रावधान गैर आवासीय नेपाली संघको विधान मै नरहेको स्पष्ट पारे । उनले संघमा आफैले बनाएको विधान र नेपाल सरकारको कानून पालना नगर्दा अहिलेको समस्या आएको पनि बताए। ‘संरक्षक परिषदले हामीलाई जिम्मा दिए १ महिना भित्र समाधान गर्न सक्छौं भनेका थियौ तर गरेको निर्णय पनि लागू भएन,’ उनले भने ।

‘नेतृत्वले एनसीसीहरुको धारणाको सुनुवाइ गरोस्’

पूर्व परराष्ट्र मंत्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली संघको नेतृत्वले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको भावना र धारणाको सुनुवाइ गर्नु पर्ने सुझाव दिएका छन्।

पूर्व परराष्ट्र मंत्री महतले एनआरएनएले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात गर्न आग्रह गरे । “विधि र पद्धति अनुसार एनआरएनए चलोस भन्ने हाम्रो मूल उद्देश्य हो,” उनले भने ।

यस पटक दशैंको बेला एनआरएन मित्रहरुलाई काठमाडौँमा भेट्न नपाउंदा खल्लो लागेको उनले बताए। “विगतमा तपाईहरु दशैंको अवसरमा सम्मेलन गर्न यहाँ आउनुहुन्थ्यो । कोभिडका कारण अहिले २ वर्षदेखि तपाईहरुको अभाव हामीले महशुस गरेका छौं । सदस्यताका कारण समयमा अधिवेशन गर्नका लागि अप्ठेराहरु आएको कुराहरु पनि हामीलाई थाहा छ । अब त्यो अप्ठेरो फुकाएर समयमै अधिवेशन गराएर समस्याका समाधान गर्नुपर्छ । हाम्रो डेमोक्रेटिक स्पिरिट अनुसार, एनआरएनएको विधि र प्रक्रिया अनुसार समस्या समाधान गरेर चाँडो भन्दा चाँडो टुंगोमा पुग्नुपर्छ । अहिलेको अन्तर्राष्ट्रिय कमिटिले पनि समस्याहरु टुंगोमा पुराउनु पर्छ । हिजो देखिएको समस्याहरु समाधान गरेर अघि बढ्न सकोस् यही शुभकामना दिन चाहन्छु ।

उनले नेपाल र नेपालका सम्पूर्ण राजनीतिक दलहरुका लागि पनि एनआरएनए उदाहरणीय संस्था बन्नुपर्ने बताए ।

भेलालाई सम्बोधन गर्दै संघका सल्लाहकारहरू विश्व आदर्श पण्डित, त्रिलोक गुरुङ, केन्द्रीय उपाध्यक्ष मन केसी, सोनाम लामा , सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू लगायतका वक्ताले एनसीसीहरु संस्थाका पिलर हुन् भन्दै एनसीसीहरुको भेलाबाट कोहि पनि डराउन नहुने बताएका थिए। त्यसै गरि सल्लाहकारहरु हरिबोल भण्डारी , एसि शेर्पा, युरोप सन्योजक नारायण आचार्य, अफ्रिका संयोजक रोशन थापा, युबा संयोजक हिमाल गुरुङ, लगायतका पदाधिकारीहरुले संगठनको बिधान र मर्यादा कुल्चिएका कारण आएको समस्या आपसी सहमतिमा समाधान गरेर अगाडि बढ्नु पर्ने सुझाब दिए ।

भेलालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्री प्रसाद साह लगायतका वक्ताले शुभकामना दिंदै गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशन र चुनाव निस्पक्ष र पारदर्शी ढंगबाट जति सक्दो चांडो गर्न सुझाव दिएका थिए।

उद्घाटन सत्र पछि बन्द सत्र शुरु हुने छ।

झन्डै चार घण्टादेखि चलि रहेको उद्घाटन सत्रको संचालन एनसीसी अष्ट्रेलियाका पूर्व अध्यक्ष केशव कंडेलले गरिरहेका छन्।

प्रतिक्रिया