२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

परराष्ट्रमन्त्रीको एनआरएनएका प्रतिनिधिलाइ सुझाव–‘अधिवेशनको काम संरक्षक परिषदलाइ दिनु’

1372 Shares
Spread the love

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्कालले गैरआवासीय नेपाली संघ (एनआरएनए्) को १० औं अन्तरराष्ट्रिय महाधिवेशनको जिम्मेवारी संरक्षक परिषदलाइ तुरुन्त जिम्मा दिन सुझाव दिएका छन् । मन्त्री खड्काले १० औं अन्तरराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे भेट्न गएका संघका प्रतिनिधिलाइ संरक्षक परिषदलाइ तुरुन्त जिम्मा दिन सुझाव दिएका हुन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट र जीवा लामिछाने लगायतको प्रतिनिधि मण्डललाइ परराष्ट्रमन्त्री खड्काले उक्त सुझाव दिएका हुन्। मन्त्रालय श्रोतका अनुसार अध्यक्ष पन्त र भिजिट मण्डलले संघको ६५५ प्रतिनिधि चयन आफूहरुले भने बमोजिम दिनका लागि अनुरोध गर्दा मन्त्री खड्काले सो सुझाव दिएका हुन्।

संघका अध्यक्ष कुमार पन्त अब थप असफलताको दाग मेटाउन नोवेम्बर ३० भित्र नै निर्वाचन गराउन आगामी बैठकद्वारा सम्पूर्ण जिम्मेवारी संरक्षक परिषदलाइ दिने पक्षमा रहेता पनि पूर्व अध्यक्ष जीवा लामिछाने र डा उपेन्द्र महतो भने त्यसको विपक्षमा रहेको बताएको छ।

प्रतिक्रिया