२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए कामचलाउ केन्द्रिय अध्यक्ष पन्त र महासचिव शर्मा गहिरो तनावमा

44227 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पछिल्लो परिस्थितिबारे छलफल गरी एउटा साझा धारणा निर्माण गर्न भन्दै संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अन्तर्राष्ट्रिय भेला आउँदो आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागेपछि कामचलाउ केन्द्रिय अध्यक्ष पन्त र महासचिव शर्मा गहिरो तनावमा परेका छन् ।

एनसिसीहरुका तर्फबाट छुट्टै भेला बोलाएर छालफल गर्न लागेपछि आफ्नो भण्डाफोर हुने भएपछि केन्द्रिय अध्यक्ष र महासचिव गहिरो तनावमा परेका हुन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई परराष्ट्र मन्त्रालयले पठाएका पत्रहरु, त्यसपछि उत्पन्न परिस्थिति र संघको महाधिवेशन स्थगन लगायतका विषयमा भेलामा छलफल गरिने उल्लेख गरिएको छ ।

 

भेलाको बिरोध गर्दै कामचलाउ केन्द्रिय अध्यक्ष पन्त र महासचिव शर्माले सबै तिर ईमेल गरेपनि भेला कुनैपनि हालतमा नरोकीने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले जनाएका छन् ।

प्रतिक्रिया