२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

बद्री केसीको पत्रकार सम्मेलनमा पत्रकार अधिकारीको माइक काटियो 

41121 Shares
Spread the love

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीको टिमले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर केसीको टिमले संघको १०औं विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेका छन ।

 

एनआरएनए अध्यक्षका प्रत्यासी केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । उनले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रश्न सोध्न भनिएको थियो ।

यसै क्रममा एसिया संचारका सम्पादक पत्रकार असोक अधिकारिले प्रश्न गर्दा गर्दै माइक काटिएको छ । अधिकारीले केसीले कोरोना कोशको घोटाला , आइएलओको रक़म घोटाला गरेको आरोप बारे प्रश्न उठाएका थिए ।

 

 

के थियो घोटालामा मुछिएका केसीको केस ?

 

कोरोना महामारीको बेला समस्यामा परेका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको सहयोगार्थ एनआरएनएलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले करिव दश करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा एनआरएनएले वैदेशिक रोजगारीमा रहेर समस्यामा परेका नेपाली कामदारको सहयोगका लागि समिति गठन गरेको थियो । तर, युएई लगायतका मुलुकमा व्यापक भ्रष्टाचार गरिएको र ती भ्रष्टाचारमा केसीले संरक्षण दिएको आरोप लागेको छ ।

युएईको भ्रष्टाचार छानवीन गर्न गठित समितिले अनुसन्धान प्रक्रिया र निष्कर्षसहित १६ पृष्ठको लिखित प्रतिवेदन बुझाएको थियो । त्यसपछि एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पालाई निलम्बन गरेको थियो ।

कोइराला र शेर्पाले परियोजनामार्फत् प्राप्त रकम काठमाडौंस्थित एक बैंकमा खाता खोली जम्मा गरेका थिए । छानवीन समितिले प्रतिवेदनमा के उल्लेख छ भन्ने नखुलाए पनि प्रतिवेदन कोषाध्यक्षलाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।

राजु केसी संयोजकत्वमा गठित छानवीन समितिमा भुवानीप्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, महेश गिरी, लक्ष्मण खनाल र महेश मोक्तान सदस्य रहेका थिए ।

तर, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, सचिव गौरी जोशीसहित केन्द्रीय समितिले नै भ्रष्टाचार प्रकरणमा जिम्मेवारहरूलाई नै जोगाउन खोजेको एनआरएनए अभियन्ताहरूले बताएका छन् ।

 

त्यसैगरी, उपाध्यक्ष केसीले एनआरएनएको केन्द्रीय कार्यालयमार्फत् गैरआवासीय नेपाली संघ जापानको निर्वाचनमा धाँधली गरेको छानवीन प्रतिवेदनमा उल्लेख छ । एमआइएस सिस्टमको दुरुपयोग गरी आफूनिकट उम्मेदवार जिताएका केसी र महासचिव शर्माविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया