२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए यूकेको हिसाव किताव हस्तान्तरण भएन बुधबार पत्रकार सम्मेलन गर्दै नयाँ कार्यसमिती

38904 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ यूकेले बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

एनसीसी युकेको पूनम गुरुङको नेतृत्वमा रहेको पुर्व कार्य समितीले नव निर्वाचित कार्य समितीलाई बुझबुझारथ नगरेको विषयमा सोमबार बसेको कार्य समितिको बैठकको निर्णय अनुसार पत्रकार सम्मेलन आयोजना गर्न लागिएको बताईएको छ । एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार पत्रकार सम्मेलनमा निवर्तमान समितिले वर्तमान कार्य समितिलाई हस्तान्तरण गर्नुपर्ने दायित्व तथा जिम्मेवारी हस्तान्तरण नगरेको विषयमा नेपाली समुदायलाई जानकारी गराउनु पर्ने भएकोले पत्रकार सम्मेलन गर्न लागिएको हो ।

उनका अनुसार एनआरएनए युकेको नाममा धेरै बैक खाताहरु संचालनमा रहेका र संघको करिव २ लाख पाउण्ड भन्दा बढि नगद बचत भएकोमा सो हस्तान्तरण गर्न आनाकानी गरिएको र संघको अन्य सम्पत्ति तथा कागजातहरु समेत हस्तान्तरण गरिएको छैन ।

एनआरएन युकेमा २०१९ मा भएको निर्वाचन ताका समेत ठुलो आर्थिक अनियमितता भएको र त्यस सम्बन्धि विवरण लुकाइएको विषयमा बेलायतको अदालतमा मुद्दा चलिरहेको बताईएको छ । त्यतिबेला समेत लाखौ पाउण्डको हिसाव किताव गुपचुप पारिएको आरोप लागिरहेको अबस्थामा अहिले समेत बुझबुझारथ नहुनुले थप आशंका पैदा भएको छ ।

अगष्ट पहिलो साता सम्पन्न एनसीसी यूकेको निर्वाचनले गाहा मगरको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको थियो । नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरी काम गरिरहेको भएपनि पूनम गुरुङ नेतृत्वको निवर्तमान कार्य समितिले भने बुझवुझारथ गरेको छैन ।

प्रतिक्रिया