काठमाडौँ । गैरआवासीय नेपाली संघको १० औं विश्वो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलन आगामी अक्टुवर २३-२५, २०२१ मा हुने भएको छ। यससंगै संघको निर्वाचन समितिले अक्टुवर २०, २०२१ मा नयाँ नेतृत्वको लागि अनलाइन भोटिङ्ग गर्ने मिति तोकिसकेको छ।
उता महाधिवेशन प्रतिनिधिको बिषयलाइ लिएर चर्केको विवाद नेपाल सरकारको परराष्ट्र मन्त्रालयसम्म पुगेको छ। मन्त्रालयले संघको निर्वाचन र प्रतिनिधि चयनको बिषयलाइ लिएर संघप्रति दर्जनौ प्रश्नहरुको बर्षा गरेपछि माहोल फरक रुपमा गएको छ।
त्यसलाई संघकै भित्रबाट बिधि संवत जानको लागि अध्यक्ष कुमार पन्तले संरक्षक परिषदलाइ जिम्मेवारी दिएका छन्। संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नै पारित गरेको यो प्रस्तावलाइ संरक्षक परिषदले छिनोफानो लगाउने भएको छ।
यससँगै आउने आइतबार अध्यक्षका प्रत्यासी कुल आचार्यले आफूसँग सहकार्य गर्ने महासचिवका उम्मेदवार डा केशव पौडेल सहित दर्जनको हाराहारीमा उम्मेदवारहरु सहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।
नेपाली काँग्रेस पार्टीले अध्यक्षमा कुल आचार्य र महासचिवमा डा केशव पौडेलको संबद्ध प्यानललाइ सपोर्ट गर्न निर्णय गरेको छ। यसका साथै वर्तमान नेपाली काँग्रस सरकारको नेतृत्वमा बनेको सरकारलाइ संयोजन गर्न बनेको संयन्त्रले पनि सोहि अनुरुप निर्णय गरेको छ।
यो सबै देखेपछि अध्यक्षका प्रत्यासी डा बद्रि के सी तिर पुगेका उम्मेदवार, अघोषित रुपमा काँग्रेस भन्दै उता जाँदै गरेका उम्मेदवार मात्र होइन गत न्यूयोर्क घटनाको प्रमुख दोषी अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साह पनि उल्टियेका छन्। उनले युरोपमा पुगेर डा के सीले आफूलाई झुक्याएको र आफू अब कुल आचार्य र केशव पौडेल प्यानलमा नै प्रयास गरेर जुन हुन्छ त्यो पदमा जाने बताएका छन्। तर सो संयन्त्रले भने साहलाइ विगतको हर्कतका कारण क्षेत्रीय उपसंयोजक (डिआर्सी) सम्म दिने भएको छ त्यो पनि छलफल गरेर मात्र।
पछिल्ला सबै कारणले गर्दा कुल आचार्य-पौडेल तर्फ उम्मेदवारहरुको ओइरो लाग्न थालेको छ। यसै क्रममा पदाधिकारीमा मात्र ३ दर्जनको हाराहारिमा उम्मेदवारले लवी बदलेर आचार्य-पौडेल प्यानमा पर्न संघर्ष गर्न थालेका छन्।
अध्यक्ष कुल आचार्य
उपाध्यक्ष मन के सी
उपाध्यक्ष राजेन्द्र कुमार शर्मा
उपाध्यक्ष आङ्गछिरी-एसी शेर्पा
उपाध्यक्ष त्रिलोक गुरुङ
उपाध्यक्ष जानकी गुरुङ (महिला तर्फ)
उपाध्यक्ष महेश कुमार श्रेष्ठ
उपाध्यक्ष गणेश के सी
उपाध्यक्ष हिक्मत थापा
उपाध्यक्ष राज रेग्मी (यवा तर्फ)
उपाध्यक्ष रोशन थापा (युवा तर्फ)
उपाध्यक्ष सुनिल साह
महासचिव डा केशव पौडेल
सचिव भुमा लिम्बु (महिला तर्फ)
सचिव नारायण आचार्य
सचिव प्रविण गुरुङ
सचिव खगेन्द्र न्यौपाने
सचिव गंगाधार गौतम
सचिव ओम गुरुङ
सचिव नारायण काफ्ले
सचिव अभिमान सिंह बस्नेत
कोषाध्यक्ष लोक दाहाल
कोषाध्यक्ष सोम सापकोटा
कोषाध्यक्ष राजन त्रिपाठी
सहकोषाध्यक्ष जानकी पौडेल (महिला तर्फ)
सहकोषाध्यक्ष अभिमन्यू बस्नेत
सहकोषाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ
सहकोषाध्यक्ष नविन शेर्चन
महिला संयोजक जुनु गुरुङ
युवा संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली)
युवा संयोजक विमला सापकोटा