२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली सँस्था बनाउछु : कुल आचार्य

1199 Shares
Spread the love

लण्डन । आफू अध्यक्ष निर्वाचित भएमा गैरआवासीय नेपाली संघलाई नेपाल र नेपाल बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली सँस्था बनाउने आफ्नो पहिलो प्राथमिकतामा रहेको संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी कुल आचार्यले बताउनु भएको छ।

मंगलबार आफ्नो निर्वाचन सचिवालयका संचारतर्फ सहयोग गर्ने संचारकर्मी तथा पत्रकारहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो। आफ्नो चुनावी एजेण्डाबारे आफ्ना सहयोगी संचारकर्मीहरुसंग कुरा गर्ने क्रममा उहाँले एजेण्डाको पहिलो नम्बर नै यहि भएको खुलासा गर्नुभयो।

संघ भित्र देखिएको बेथितिलाई संघभित्रै सम्बोधन नगरिदा साथीहरु वाध्य भएर परराष्ट्र मन्त्रालय जानु भएको हो। यो अवस्थाको सृजना गर्नु भनेको नेतृत्वको असक्षमता हो। यसले संघप्रति नै नकारात्मक धारणा बढेर गएको छ। त्यसैले मेरो पहिलो काम भनेको त्यसलाई सहि रुपमा लैजानु हुनेछ,उहाँले बताउनु भयो।

गैरआवासीय नेपाली संघको १० औं विश्व महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलन आगामी अक्टुवर २३-२५, २०२१ मा हुने भएको छ। यसका लागि संघद्वारा गठित निर्वाचन समितिले अक्टुवर २०, २०२१ मा नयाँ नेतृत्वको लागि अनलाइन भोटिङ्ग गर्ने तयारी गरि रहेको जनाएको छ। तर महाधिवेशन प्रतिनिधि अर्थात मतदाताको चयन एकल रुपमा बिधि-बिधान मिचेर गरिएको भन्दै त्यस विरुद्ध नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ। मन्त्रालयले यसबारे छानविन गर्दै रहेको छ। छानविनको प्रतिवेदन छिट्टै आउने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो।

सो क्रममा उहाँ संगै महासचिवको लागि उम्मेदवार रहनु भएका डा केशव पौडेलले यो एजेण्डा भनेको सामुहिक रुपमा ल्याएको एजेण्डा भएको बताउनु भयो। यो कुलजी मात्र होइन हामी उहाँसँग सहकार्य गर्ने सबैको एजेन्डा हो। त्यति मात्र होइन यो हामी सम्पूर्ण एनआरएनहरुको साझा एजेन्डा नै हो। यसका लागि हामी प्रतिबद्ध छौं, डा पौडेलले भन्नु भयो।

कुल आचार्यको चुनाव संबन्धि सचिवालयले संचालन र संयोजन गर्दै आएको खुला डबली मार्फत सबैमा पुग्ने प्रयास हुँदै गरेको, यसबाट अत्यन्तै उत्साह बढेकोले यसलाई झन परिष्कृत रुपमा लैजाने तयारी भएको छ। डबली सबैलाई खुला रुपमा आमन्त्रण गरिएको एक सार्वजनिक प्ल्याटफर्म हो। कुल आचार्यको टिमले संघ भित्र पद्धति र पारदर्शितामा जोड दिइरहदा यो कार्यक्रम झन् चर्चित हुँदै गएको छ।

प्रतिक्रिया