२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए सह-कोषाध्यक्षमा ललित कुमार न्यौपानेले उम्मेद्वारी दिने

1304 Shares
Spread the love

लन्डन । सामाजिक अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनमा सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । बेलायत बसोबास गर्दै आएका अभियन्ता न्यौपानेले अक्टोबरमा हुने निर्वाचनमा सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन ।

एनआरएनए यूके राष्ट्रिय समन्वय परिषद्मा सफलतापुर्वक काम गरिसकेका न्यौपानेले सामाजिक कामलाई केन्द्रमा बिस्तार गर्ने योजनासहित चुनावी मैदानमा आएका छन । एनआरएनए युकेमा सदस्यदेखि उपाध्यक्ष हुदै आइसीसी सदस्यको जिम्मेवारी सम्हालिसकेका छन । एक कार्यकाल आइसीसीमा काम गरिसकेका न्यौपानेले सह-कोषाध्यक्षको जिम्मेवारी दिन सम्पुर्ण मतदाता समक्ष अपिल समेत गरेका छन । उनले औपचारिक रुपमा उम्मेवारी घोषणा गर्नु पुर्व एनआरएनए अभियन्ताहरु सँग छलफल गरेको बताए ।

न्यौपानेले सामाजिक काम प्रतिको आफ्नो लगावलाई सम्पूर्ण प्रवाशमा रहेका नेपाली जनताले प्रोत्साहन गर्ने अपेक्षा गरेका छन । न्यौपानेले सामाजिक काम प्रतिको आफ्नो लगावलाई नेपालीहरुको हितका लागि सबै एनसीसीहरुलाई चलायमान राख्न प्रयत्न गर्ने बताए ।

सन् २०१७(१९ मा एनआरएनए यूके उपाध्यक्ष रहँदा राज्य समन्वय विभागका संयोजक सम्हाल्दै बेलायतमा राज्य समन्वय परिषद् गठनमा मुख्य भुमिका खेलेका थिए । न्यौपानेकै सकृयतामा बेलायतभर चारवटै राज्यमा एनआरएनए यूकेका राज्य समन्वय परिषदहरु स्थापना भएका थिए । हाल चारवटै राज्य समन्वय परिषद् कृयाशिल छन ।

हाई स्किल्ड माइग्रेन्टका रुपमा सन् २००५ मा बेलायत आएका न्यौपाने अहिले बेलायत र नेपालमा प्रोपर्टी, हस्पिटालिटी, हाइड्रो र किप्टोकरेंसीलगायतका क्षेत्रमा लगानी गरेका छन । सामाजिक कार्य र च्यारिटी संस्थामा आबद्ध उनी बेलायतस्थित धेरै संघसंस्थामा सल्लाहकारका रुपमा कार्यरत छन् । न्यौपाने अन्तरराष्ट्रिय झापाली समाजका उपाध्यक्ष छन ।

एमए, बिएलसम्मको अध्ययन पूरा गरेका न्यौपाने अध्यात्म र साहित्यमा पनि रूचि राख्छन् । पशुपति मन्दिर लण्डनको ट्रस्टी मेम्बर रहेका न्यौपानेले जीवन विज्ञान यूकेको स्थापनाका लागि विशेष पहल गरेका थिए । उनी अन्तरास्ट्रिय स्तरमा क्रियाशिल ‘प्रो इलाइट क्लब’ मा पनि सक्रिय छन् । जीवन बिज्ञानको माध्यमबाट सबैलाई मन, विचार र कर्मसहित स्वस्थ्य र शुद्ध राख्न तथा प्रो इलाइट क्लब मार्फत लगानी सम्बन्धि ज्ञानका अनुभव बाडिरहेका छन ।

प्रतिक्रिया