२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

बेलायतको हिन्दु मन्दिरमा तोडफोड र चोरी : सुरक्षा माग्दै प्रदर्शन

41432 Shares
Spread the love

लण्डन । बेलायतको सुइण्डन स्थित चेन्नी मानोरमा रहेको हिन्दु मन्दिरमा अज्ञात व्यक्तिहरुले तोडफोड गरेर मन्दिर भित्र रहेको नगद समेत चोरी गरेपछि त्यसका बिरुद्द आइतवार हजारौंको संख्यामा जुलुस निकालेका छन् ।

मन्दिरका संरक्षक प्रदीप भारद्वाजका अनुसार मन्दिरको नगदका साथै अन्य सामाग्रिसमेत चोरी गरिएको छ ।

अहिलेसम्म पाँच पटक तोडफोड गरेर चोरी भैसक्दा पनि स्थानिय सरकारले चासो नदेखाए पछि आइतवार हिन्दु धर्मका आस्थावान हजारौं व्यक्तिहरु विभिन्न ब्यानर लिएर शान्तिपूर्ण तरिकाले सडकमा उत्रिएका थिए ।

उक्त मन्दिरमा विशेष गरेर भारती मुलका धेरै हिन्दुहरुले पुजाआजा गर्ने भएपनि नेपालीहरुले पनि त्यहाँ गएर पूजाआजा गर्ने चलन छ ।

सुइण्डनको टाउन सेन्टरबाट शुरु भएको जुलुस काउन्सिलको भवन अगाडी गएर कोण सभामा परिणत भएको थियो । सभामा बोल्ने बक्ताले हिन्दु, मुस्लिम, बुद्धिस्ट, ख्रिस्टियन जुनसुकै धर्ममा आस्था राख्ने भएपनि कसैलेपनि अरुको आस्थाप्रति घात हुने काम गर्नु नहुने बताएका थिए ।

नेपाली एसोसिएसन विल्श्येरका अध्यक्ष ज्ञान प्रसाद गुरुङको साथमा केहि नेपालीहरुले पनि उक्त जुलुसमा भाग लिएको बताउँदै गुरुङले भने “उनीहरुलाई परेको बेलामा हामीले साथ् दियौं भने हामीलाई परेको बेलामा पनि उनीहरुले साथ् दिनेछन ।”

मन्दिरका संरक्षक प्रदिप भारद्वाजले आफ्नो मन्दिरमा बिजुलीको लाइनहरु काटिएको, सामान र नदगसमेत चोरी भएकाले सुरक्षाको माग गरेको बताए । उनले भने “सरकारले यसको क्षति पूर्ति दिलाउनुपर्छ भन्ने उद्देश्यले यो जुलुस सरकारलाई झक्झक्याउन गरेक्क् हौं ।”

https://www.change.org/p/swindon-borough-council-secure-and-save-swindon-hindu-temple

प्रतिक्रिया