२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

कुवेतमा चार नेपाली मदिरा व्यापार गरेको आरोपमा पक्राउ

2401 Shares
Spread the love

काठमाडौं । कुवेतमा गैरकानूनीरुपमा मदिरा व्यापार गरेको आरोपमा चार नेपाली पक्राउ परेका छन् । त्यहाँको सञ्चार माध्यमका अनुसार कुवेतको हवेलीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री गर्ने तयारी गरिरहेका बेला उनीहरु पक्राउ परेका हुन् ।

कुवेती सुरक्षाकर्मी र महानगरपालिकाको संयुक्त टोलीले उक्त अपार्टमेन्टको एरियालाई नियन्त्रणमा लिएर गरेको खानतलासीका क्रममा सयौं ब्यारल रक्सी र मदिरा बनाउने सामान नियन्त्रणमा लिएको थियो । पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

केही समयअघि पनि कुवेतको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत प्रहरीले केही नेपालीलाई नियन्त्रणमा लिएर ठूलो परिमाणमा मदिरा बरामद गरेको सामाचार सार्वजनिक भएको थियो ।

कुवेतमा अवैध मदिरा उत्पादन तथा बिक्रीका कारण नेपाली समुदाय बद्नाम हुँदै गएको बताइएको छ । यसै वर्षको शुरुमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो । अवैध मदिरा उत्पादनमा कुवेतमा अवैधरुपमा बसिरहेका नेपालीहरु संलग्न रहने गरेको बताइएको छ ।

प्रतिक्रिया