२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाली मेलामा किरात राई यायोखा बेलायतको सांस्कृतिक आकर्षण

42569 Shares
Spread the love

लण्डन । बेलायतमा बर्षेनी हुने नेपाली मेलामा बिभिन्न संस्कार, संकृति र परम्परा झल्काउने मौलिक परमपरागत सांस्कृतिक झांकि तथा नितृ प्रदर्शन प्रमुख आकर्शनको रूपमा  प्रस्तुत हुदै आएको छ ।

तमुधी यूकेद्वारा आयोजित यस नेपाली मेलामा प्रत्येक बर्ष बिभिन्न जात जाती संग सस्था लगायत समुदायले आ-आफ्नो मौलिक संस्कार संकृती झल्काउने पौरानिक सामाग्रिहरूको साथमा साँकृतिक नॄत्य प्रदर्शन हुदै आएको छ र उत्कृष्ट प्रदर्शन गर्ने संग सस्था वा समुदायलाई पुरस्कृत पनि गर्ने गरिएको छ।

पहिलो पटक सहभागी जनाएका किरात राई यायोक्खा वेलायतले प्रस्थुत गरेका सांस्कृतिक झांकी तथा नॄत्य सबैको लागि रोचक रमाइलो र प्रमुख आकर्शनको रूपमा देखिएको थियो भने उपस्थित सबैले किरात राई यायोखाले गरेको प्सांस्कृतिक झांकि तथा निर्त्य प्रदर्शनमा अन्य गैर राई तथा बिभिन्न जात जाति समुदायले रोचकता पुर्बक मनोरञ्जन लिएका थिए ।

उक्त झाकी प्रदर्शनमा किरात राई यायोक्खा यूके समग्र प्रतिस्पर्दामा दोस्रो स्थान र नाच तथा नॄत्यमा तेस्रो स्थान हासिल गर्न सफल भएका छन।

बिभिन्न भेसभुषा मा सजिएका २१ झांकि तथा नितृ प्रदसन गरिएको थियो। किराया वेलायतका अध्यक्ष कल्पना राई झांकि सम्योजक उपाध्यक्ष योगस राई उपाध्यक्ष आसा राईले सबै सहभागी कलकार तथा आयोजक तमुधी यूकेलाइ धन्यवाद दिएका छन।

 

अन्तयमा प्रतिसपर्दाी कलाकारहरु बाहेक उपस्थित किरात तथा गैर किरातहरुलाई समेत आफ्नो साकेला नाच नाचाएर मनोरन्जन गरेका थिए।

प्रतिक्रिया