२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएन चुनावमा कुल आचार्य समूह बलियो : युरोपमा सहमतिको आधारमा उम्मेदवार छानिने

35112 Shares
Spread the love

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्व सम्मेलनमा आगामी कार्यकाल २०२१-२०२३ को लागि नेतृत्व चयन हुँदैछ ।

आगामी १० अक्टोबरमा हुने चुनावमा यसपटक एनआरएनएको अध्यक्षमा सल्लाहकार कुल आचार्य र उपाध्यक्ष बद्रि केसीबीच मुख्य प्रतिस्पर्द्धा हुने देखिएको छ । अमेरिका, अष्ट्रेलिया, युके लगायतका ठूला एनसीसीहरुमा प्रजातन्त्रवादी उम्मेदवारहरु ठूलो बहुमतका साथ विजयी भएकाले आचार्यको जीत सुनिश्चित देखिएको छ ।

यसै बीच आचार्य नेतृत्वको समावेशी समूहबाट युरोप क्षेत्रमा उम्मेदवारी दिन छलफल भै रहेको एक विश्वस्त सूत्रले जनाएको छ ।

सूत्रका अनुसार युरोप संयोजकमा गुणराज शर्मा, चिन्तामणि सापकोटा, शुक्र राज न्यौपाने र सुभाष जोशी (सन्तोष) मध्ये एक जनाको उम्मेदवारी रहने छ। त्यस्तै उप संयोजकमा दयानिधि सापकोटा, विजय मोक्तान, ठाकुर प्रसाद आचार्य (मनोहरि), भिमकमल केसी सागर लामा र सगर सुवेदी मध्येबाट सर्वसम्मतिले उम्मेदवार बनाउन छलफल जारी छ ।

“कुल आचार्यको टिमलाई बलियो बनाउन जो जादा ठिक हुन्छ यी मध्ये अगाडि बढाउनका लागि आकांक्षीबीच आम सहमति भै सकेको , हामी छिट्टै सर्वसम्मतिका आधारमा हाम्र उम्मेदवारहरु सार्वजनिक गर्छौं । सबै साथीहरुलाई धैर्य गरि दिनुहुन अनुरोध पनि गर्दछौं,” सहमति बनाउन काम गरिरहेका आचार्य समूह निकट एक अभियन्ताले भने । श्रोतका अनुसार युरोप क्षेत्रका अरु पदमा पनि सहमतिका आधारमै टुंगो लगाउने गिहा कार्य भै रहेको छ ।

यसैबीच जर्मनीमा लामो समयदेखि बसोबास गर्दै आएका एनआरएन जर्मनीका पूर्व अध्यक्ष दिल गुरुङले आगामी चुनावमा कुल आचार्य समूहलाई विजयी बनाउन अपिल गरेका छन् । ” युरोप भित्र हामी एक ढिक्का भै सकेका छौ , कसैले हामीलाई फुटाउछु भन्ने नसोचे हुन्छ,” गुरुङ ले भने। “हालै सम्पन्न एनसीसी चुनावहरुमा एमआइएस सिस्टमको दुरुपयोग गरी एकलौटी गर्ने काम भएको छ। केन्द्रको चुनावमा पनि त्यहि दोहोराउन खोजियो भने मान्य हुने छैन ।” गुरुङले एनसीसीहरुलाई नियन्त्रण गर्न भन्दा स्वायत्त र स्वावलम्वी बनाउने एजेन्डा ल्याएकाले कुल आचार्य र उनको टिमलाई खुलेर सघाउन सबै एनसीसीहरुलाई आह्वान पनि गरेका छन्।

प्रतिक्रिया