लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेदवारी घोषणा गर्नु भएको छ । अधिकारीले आगामी कार्यकालको लागि महासचिवमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
अधिकारीले संस्थामा बढ्दै गएको विकृति विसंगति अन्त्य गर्न, संस्थाभित्र रहेको सिण्डिकेटलाई तोड्दै विश्वभरिका सबै गैर आवासीय नेपालीहरुको साझा संस्था बनाउन आफ्नो उम्मेदवारी भएको बताउनु भयो ।
गैर आवासीय नेपाली संघका कतिपय मुद्धाहरु ओझेलमा परेको बताउँदै अधिकारीले एनआरएनएका प्रमुख मुद्धाको रुपमा रहेको गैर आवासीय नेपाली नागरिकताको विषयलाई कार्यान्वयन गर्न पनि आप्mनो उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नु भयो ।
संविधानमा गैर आवासीय नेपाली नागरिकताको विषय समावेश गरिदा पनि लामो समयदेखि ऐन बन्न नसक्दा गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन नुहुनु चिन्ताको विषय भएको र त्यसमा अनेक शंका उत्पन्न भएकाले ती विषयलाई जोडदार रुपमा उठाइने बताउनु भयो ।
त्यस्तै, उहाँले मध्यपूर्वका श्रमीकहरुका मुद्धालाई सशक्त ढंगले उठाउँदै वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउनका लागि पनि आफू लागिपर्ने बताउनु भयो ।
सरकार र एनआरएनएको संयुक्त लगानीमा नेपालमा गर्न लागिएको १० अर्ब फ्रन्टलाई ५० औ अर्व सम्म पुर्याउन आवश्यक भएकोमा जोड दिर्दै फ्रन्टको माध्यमबाट नेपालको आर्थिक सम्मृद्धि गर्न लागिपर्ने उहाँले बताउनु भयो ।
बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष समेत हुनुहुन्छ भने एनआरएनएन नवौ महाधिवेशनमा कुनै गुट उपगुटमा नलगाीकन स्वतन्त्र रुपमा उम्मेदवार भएर अधिकारीले लोकप्रिय मत ल्याएर उपविजेता बन्नु भएको थियो । उहाँको मतलाई अग्रजहरु एनआरएनएका पूर्व अध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट, शेष घले धर्मपत्नी जमुना गुरुगं, कुमार पन्त लगायत विभिन्न तह तप्काका ब्यक्तीहरुले समेत प्रशंसा गर्नु भएको थियो ।
आइटी ब्यवसायी समेत रहनु भएको अधिकारीको नेपालमा शिक्षा, स्वास्थ्य र हाइड्रो क्षेत्रमा लगानी छ । विशेष गरि कलेज क्षेत्रमा आफ्नो लगानी धेरै गर्नु भएको छ । अधिकारी आर्थिक हिसावले समेत सफल ब्यवसायीको रुपमा चिनिनुहुन्छ । सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आउनुभएका अधिकारी नेपाल बाहिर रहेका नेपालीका साझा सबाल र मुद्दामा सचेत मात्रै नभई वकालतमा निकै अगाडि हुनुहुन्छ ।
डेढ दशकदेखि प्रवासमा रही विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अधिकारी एनआरएनए युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित हुनुहुन्छ ।
गैर आवासीय नेपालीका समस्या तथा वीरता र साहशको पर्यायका रुपमा विश्वविख्यात ब्रिटिश भूपू गोर्खा सैनिकले ब्यहोर्नु परेको पीडाबारे आफ्नो कार्यकालमा निरन्तर आवाज उठाउदै आउनुभएका अधिकारी विश्वभर रहेका नेपाली र उनीहरुले भोग्नुपरेका समस्या र कठिनाईबारे पनि जानकार हुनुहुन्छ ।
सन २०१३ बाट एनआरएनए अभियानमा होमीएर सन २०१७–१९ सम्म एनआरएनए युकेमा उपमहासचिव पदमा रहनुभएका अधिकारी सफल प्रेरणादायी ब्यक्ति रहेको आम एनआरएनएका सदस्यहरुको बुझाइ छ ।
डेढ दशक लामो प्रवास बसाई र त्यसक्रममा सिके भोगेका अनुभवलाई नेपालसँग जोडने लक्ष्य लिएका अधिकारी पत्रकारितासँगै सामाजिक अभियन्ता पनि हुनुहुन्छ ।
उहाँ सन २०१५ देखि ग्लोबल गोरखा समाजमा आवद्ध हुनुहुन्छ । हाल अध्यक्ष रहनु भएको अधिकारीले कोभिड १९ को महामारीमा नेपालमा महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको छ ।
गोरखा जिल्लामा अधिकारीको नेतृत्वमा ग्लोबल गोरखा समाजले १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरेको थियो । जसमा करोडौं वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, चितवनको चेपागं बस्तीमा पनि अधिकारीको नेतृत्वमा बेलायतबाट रकम संकलन गरि कोरोनाको कारण भोकमरीको अवस्थामा रहेका चेपाग बस्तीलाई लाखौ रकम वरावरको राहत सामाग्री वितरण गरिएको थियो ।
गैर आवासीय नेपालीको नागरिकता, गैर आवासी नेपाली लगानी तथा ब्रिटिश भूपू गोर्खा सैनिकका सबालबारे बेलायतमा सम्पन्न महत्वपूर्ण कार्यक्रमको कुशल संयोजन गर्नुभएका अधिकारी नेतृत्व क्षमतामा पनि अब्बल मानिनुहुन्छ ।