२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनको यूरोप सह-संयोजक पदमा आयरल्याण्डबाट सागर लामाले उम्मेदवारी दिने

40789 Shares
Spread the love

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ यूरोप सहसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने भएका छन् ।

सामाजिक सेवामा सक्रिय लामाले आज एक प्रेस नोट जारी गर्दै गैर आवासीय नेपाली संघ यूरोपको सहसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने बताएका हुन् ।

काभ्रेपालन्चोक जिल्ला भुम्लु गाउपालिकामा जन्मिएर बेलायत हुँदै आयरल्याण्ड गएका लामा देश तथा परदेशमा समाजको सेवा मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । लामाले हेल्प नेपाल नेटवर्क संयोजक हुँदै जनसम्पर्क समिती आयरल्याण्डको उपसभापती र एनआरएनए एनसिसी कार्यसमितिमा बसेर नेपालमा भुकम्प पिडित, अनाथहरुलाई ठुलो सहयोग गरेका थिए ।

उनको नेतृत्वामा धदिङ , सिन्धुपल्चोक र काभ्रेपलान्चोकमा भुकम्प-पहिरो पिडितहरुलाई आयरल्याण्डबाट ठुलो सहयोग भएको थियो । आयरल्याण्डमा ह्यन्डी क्र्याफ्टको ब्यवसाय सन्चालन गर्दै आएका लामाले जाडो मौसममा तराईमा कठिङ्ररिएर बसेका नेपालीहरुलाई पनि ठुलो धनरासी सहयोग गर्दै आएका छन् ।

डेढ दशक भन्दा अगाडी समाजिक कार्य सुरु गरेका लामा अब एनआरएन भित्र नै बसेर काम गर्न इच्चुक भएकाले यसपाली २०२१- २३ को युरोप उपसंयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।

म समाजिक संस्था, समाजिक कार्य सधै मौन भएर गरिदै आएकोमा धेरै सन्तुष्ट छु आज मान्छेहरु संसार परिवर्तन गर्ने चाहना राख्दैछ्न मलाई भन्न मन लागेको छ संसार हैन पहिले आफुलाई बदल संसार एक दिन स्वत बदलिने छ भन्ने मेरो विचार हो :’ लामा बताउछन् ।

प्रतिक्रिया