२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनएको अध्यक्षमा लण्डनबाट औपचारिक उम्मेदवारी घोषणा गर्दै कुल आचार्य

45000 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान सल्लाकार कुल आचार्यले उम्मेदवारी दिने भएका छन् ।

आचार्यले लन्डनमा एक सभा गरी एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नेछन् । आचार्यले ९ सुत्रीय एजेन्डासहित उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको कुल आचार्यको सचिवालयले जनाएको छ ।

अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा औपचारिक घोषणा कर्मभूमि लण्डनबाट गरिए पनि उनको प्रतिवद्धतापत्र मातृभूमिबाट जारी गरिनेछ ।

के–के छन् एजेन्डा ?

एनआरएनएको आगामी सम्मेलन एजेन्डाविहीन भएको टिप्पणी भइरहँदा आचार्यले स्पष्ट दृष्टिकोणका साथ ९ सुत्रीय एजेन्डा अघि सार्दैछन् । नेपालको आर्थिक विकास र समृद्धिमा विशेष योजदान गर्ने दृष्टिकोणसहितको नीति र कार्ययोजना प्रस्तुत गरिने आचार्यको तयारी छ ।

‘मातृभूमिको समृद्धिको राष्ट्रिय अभियानसँग विश्वभरि रहेका नेपालीहरुलाई जोड्नु छ, त्यसैले हामीले नेपालको विकास र नेपाली मूल्य–मान्यता, भाषा र संस्कृतिको प्रवर्धनका लागि विशेष योगदान गर्ने घडी आएको छ,’ आचार्यले भने ।

संविधानको मर्म अनुसार गैरआवासीय नागरिकता जारी गर्न निर्णायक पहल गर्ने प्रतिवद्धता आचार्यले व्यक्त गरेका छन् । उनले एक पटकका नेपाली सधैँका नेपाली भन्ने भावनालाई प्रतिनिधित्व गर्दै नागरिकताको विषयलाई टुंग्याइनु पर्ने बताए ।

आचार्यले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एनआरएनएमार्फत आफु लाग्ने प्रण गरेका छन् । साथै गैरआवासीय नेपाली संघको संस्थागत सुधार गरी केन्द्रीय सचिवालयलाई प्रभावकारी र कार्यमूलक बनाउने एजेन्डा पनि आचार्यले अघि सारेका छन् ।

‘गैरआवासीय नेपालीहरुको बारेमा जानकारी संकलन गर्ने, कुनै समस्या भएमा तत्काल एक्सनमा जाने र त्यसको समाधान गर्ने तथा केन्द्रीय सचिवालयलाई अझै प्रभावकारी बनाउनै पर्छ,’ उनले भने, ‘मैले यस विषयमा विस्तृत कार्यक्रम निर्माण गरेको छु ।’

यस्तै गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिँदै गर्दा पूर्व केन्द्रीय अध्यक्षहरुले पनि सक्रियता बढाएका छन् ।

अब एनआरएनएको नेतृत्वमा दूरगामी सोच बोकेको व्यक्तिलाई नै पु¥याउनु आवश्यक भएको भन्दै लोकतन्त्रवादी उम्मेदवार आचार्यलाई सहयोग गर्न घलेले आफू निकटहरूलाई निर्देशन दिएको बताइएको छ ।

अध्यक्षका प्रत्यासी आचार्यले घलेका साथै पूर्वअध्यक्ष देवमान हिराचन र वतर्मान अध्यक्ष भवन भट्टसँग पनि आगामी विश्व सम्मेलनमा कसरी जाने भन्ने विषयमा निरन्तर छलफल गरिरहेका छन् ।

‘चुनावी रणनीति बनाउन हामी व्यस्त छौं, विश्वभरिका गैरआवासीय नेपालीहरुलाई समेट्ने गरी प्रतिवद्धता आउँदैछ, हामी अहिले निर्णायक चरणमा छौं,’ उपाध्यक्ष आचार्य निकट स्रोतले भन्यो ।

पूर्व अध्यक्ष घले, हिराचन तथा वर्तमान अध्यक्ष भट्टले यस पटक आचार्यलाई साथ दिने संकेत देखाएका छन् । संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछाने खुलिसकेका छैनन् ।

सन् २००३ मा नेपालीहरुको हितमा कार्य गर्ने उद्देश्यले स्थापना कालदेखि नै एनआरएनएको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैआएका आचार्य वर्तमान सल्लाकार हुन् । आचार्य गैरआवासीय नेपाली संघ बेलायतको सदस्य हुँदै अध्यक्ष र गैरआवासीय नेपाली संघको युरोप संयोजक भएर कुशल नेतृत्व गरिसकेका आचार्य गैरआवासीय नेपाली समुदायबीच लोकप्रिय छवी बनाएका छन् ।

प्रतिक्रिया