२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएन यूकेको शपथ ग्रहण समारोह : प्रमुख अतिथि भन्दा आयोजक ढिला

1377 Shares
Spread the love

लन्डन — एनआरएन यूकेको २०२१-२३ कार्यकालका लागि शपथ ग्रहण समारोहको आयोजना गरेको थियो निर्वाचन समितिले ।

निर्वाचन समितिलाई सहयोग गरेको थियो, निवर्तमान कार्य समितिले । कार्यक्रमका प्रमुख अतिथि थिए, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी ।

शपथ समारोह साँझ ६:३० बजेका लागि तय गरिएको थियो । सबै अतिथिहरु तथा सहभागीहरुलाई सोही अनुसार बोलाइएको थियो ।

तोकिएको समयमा नै प्रमुख अतिथिसहित अन्य सबै जना कार्यक्रमस्थल अल्डरसटस्थित एम्पयर हलमा उपस्थित भइसकेका थिए ।

तर, निर्वाचन समितिका संयोजक महेन्द्रराज कँडेल र निवर्तमान हुँदै गरेकी अध्यक्ष पूनम गुरुङ भने कार्यक्रमस्थलमा देखिएनन् ।

उनीहरुको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । निर्वाचन परिणामप्रति उनीहरु दुवै जना असन्तुष्ट थिए । निर्वाचन प्रक्रियादेखि निर्वाचन परिणाम घोषणा सम्मको अवस्थामा उनीहरुको अभिव्यक्ति र व्यवहार त्यस्तै थियो ।
झण्डै दुई घण्टा ढिलो गरी कँडेल र गुरुङ कार्यक्रम स्थलमा आए ।

उनीहरु आएपछि मात्रै कार्यक्रम शुरु गरियो ।
कार्यक्रमस्थलको व्यवस्थापन पनि फितलो थियो । नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नेदेखि सम्बोधन गर्ने सम्मको प्रक्रिया अत्यन्त अस्तव्यस्त थियो ।
प्रमुख अतिथि रेग्मीले मन्चबाट नभई नवनिर्वाचित कार्य समिति क्रमबद्ध रुपमा उभिएको स्थानमा पुगी माइकबाट बधाइ दिएका थिए ।

उनलाई उपलब्ध गराइएको माइकबाट आवाज पनि राम्रोसँग प्रसारण भइरहेको थिएन ।
अध्यक्ष पदकी उपविजेता रोजिना प्रधान राईले भने निकै परिपक्क व्यवहार प्रदर्शन गरिन्।

उनले नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर र उनको टिम लाई बधाई दिंदै आफ्नो पूर्ण सहयोग रहने बताइन्।

उनले प्रेम गाहा मगरलाई निलो रंगको खादा लगाइ दिए पछि प्रेम गाहाले पनि उनलाई खादा लगाएर सम्मान गरेका थिए। अध्यक्ष पदका अर्का उपविजेता, दीपक श्रेष्ठ, ले नयाँ टिमलाई बधाई दिंदै एउटा लिखित संदेश पठाएका थिए। तस्वीर : शिव भण्डारी

प्रतिक्रिया