26318
Shares
लण्डन । एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन्। एनआरएनए यूके इतिहासमा पहिलोपटक भएको अनलाइन मतदानमा उनले अध्यक्षका अरु दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गरेका हुन् ।
निर्वाचन समितिले शुक्रबार राती एक पत्रकार सम्मेलन गरी निर्वाचित कार्यसमिति घोषणा गरेको हो ।
जसअनुसार अध्यक्ष निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाएका छन् भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् ।
अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको छ ।