२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

भ्यालोरेन्ट प्रतियोगितामा नेपालको डमरू गेमिङ सहभागी हुँदै

13155 Shares
Spread the love

नेपालको गेमिङ टिम डमरू गेमिङ ४१ लाख बढी पुरस्कार राशिको भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा छनोट भएको छ । नेपाल र भुटानका ३७ वटा टिमलाई हराउँदै डमरू गेमिङ भ्यालोरेन्टको उक्त प्रतियोगितामा छनोट भएको हो ।

आगामी अगस्ट १९ बाट आयोजना हुने भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा नेपालबाट डमरू गेमिङ प्रतिस्पर्धा गर्ने डमरू ग्रुपका बोर्ड अफ डाइरेक्टर पुजन आचार्यले जानकारी दिए ।

‘यो च्याम्पियनशिप भारतमा आयोजना हुने भनिएको छ । कोरोना महामारीका कारण आयोजक अझै निर्णयमा पुगेको छैन्,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘अवस्था सामान्य भएको भए खेल्न हामी भारत जानुपर्ने हुन्थ्यो । तर अहिलेसम्म निर्णय भएको छैन् ।’

घरबाटै खेल्ने निर्णय भएमा बुटक्याम्पमा खेलाडी राखेर राम्रो इन्टरनेट कनेक्सनमा खेल्ने उनले बताए । यसमा नेपालको डमरू गेमिङसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, मालदिभ्स, श्रीलंका र वाइल्ड कार्डबाट गरी जम्मा ८ टिमले  प्रतिस्पर्धा गर्नेछन् ।

भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा पहिलो स्थान बनाउनेले बर्लिनमा हुने भ्यालोरेन्ट च्याम्पियनशिप टुर प्रतियोगितामा सहभागी हुनेछ भने दोस्रो हुने वाइल्ड कार्डबाट प्रतियोगितमा सहभागी हुनेछ ।

भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा तेस्रो र चौथो स्थान बनाउनेले ३५-३५ सय डलर पुरस्कार पाउनेछन् । २ वर्ष डम्बर गेमिङ स्थापना भएको थियो । जसलाई डमरू ग्रुपले सञ्चालन गरिरहेको छ ।

डमरू गेमिङको टिममा ६ जना खेलाडी र १ जना कोच ७ जना रहेका छन् । डमरू गेमिङले भ्यालोरेन्ट, पब्जी र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सिभ गेम खेलिरहेको छ ।

प्रतिक्रिया