लन्डन, गैर आवासीय नेपाली संघ युकेको सोमबार दिउंसो १२ बजे शुरु भएको मतदान जारी रहेको छ।
मतदान मंगलबार दिउंसो १२ बजे सकिने भएकाले मतदान गर्न बांकी मतदाताहरुलाई जति सक्दो चांडो मतदान गर्न समितिले अपिल गरेको छ।
च्वाइस भोटिंग, बाट अहिलेसम्म पनि इमेल नपाएको भए [email protected] वा निर्वाचन समितिको फोन नम्बर 07976260155 र 07760184482 मा खबर गर्न निर्वाचन समितिले अनुरोध गरेको छ।
निर्वाचन समितिले ३०० भन्दा बढी मतदाताहरुको इमेल बाउन्स व्याक भएको भन्दै उनीहरुको विवरण आफ्नो वेब साइट www.nrnaukelection.com मा सार्वजनिक गरेको छ।
एनआरएनए युकेमा यस पटक ११,००० बढी मतदाताहरु रहेका छन्। पहिलो पटक अनलाइन माध्यमबाट चुनाव भै रहेको छ।
यसै गरि हाल सम्मको हाम्रो सर्वेक्षण अनुसार अधिकाम्स मतदाताले मतदान गरिसकेको र केहि मात्र बाँकी रहेको बुझिएको छ ।
३ जना प्रतिस्प्रधीहरु बीच ज्यादै नजिकको प्रतिस्प्रधा रहेपनि प्रेम गाहा मगर करिब ५-७ सय मतले अघि रहेको मतदानको हाल सम्मको सर्वेक्षणले देखाएको छ ।
त्यसै गरी महासचिवमा खुशी लिम्बु लागायत गाहामगरको प्यानल अधिकाम्स पदहरुमा अघि देखिएको छ ।
मगरलाई निर्वाचनमा भाग लिन नदिने, निर्वाचन समितिलाई दबाबमा राखेर गरीका संस्थाको मानमर्दन गर्ने प्रवृतिले गरेर मगरको पक्षमा जनलहर देखिएको बुझिएको छ ।सबै उम्मेदवार राम्रा देखिएता पनि संस्था कब्जा गरेर आर्थिक हिनामिना गर्ने स्थापित गिरोहले प्रयोग गर्न सक्ने देखिएकोले त्यस बिरुद्ध पारदर्सिताको अवाज उठाई रहेका मगरलाइ समर्थन गरेको अधिकाम्स मतदाताले सर्वेक्षण ताका देखाएका छन ।
मतदान मंगलबार दिउंसो सकिए पनि अन्तिम नतिजा बिहीबार मात्रै प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।