२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

प्रचार समिति संयोजक हितकाजी गुरुङ भन्छन्, ‘निर्वाचनमा प्रेमलाई सघाउन स्वयमसेवकहरु तयार छन’

27175 Shares
Spread the love

लण्डन ।तमुधीँ यूकेका अध्यक्ष तथा प्रेम गाहा मगर जिताऔं अभियानका चुनाव प्रचार प्रसार समितिका संयोजक हितकाजी गुरुङले शनिबार हुने एनआरएनए एनसीसी यूकेको निर्वाचनका लागि अभियानका तर्फबाट सम्पूर्ण तयारी पूरा भएका छन् ।

राजधानी लण्डनसहित चार वटै राज्यमा विभिन्न माध्यमबाट चुनाव प्रचार प्रसार गरिएको र उत्साहजनक साथ तथा समर्थन प्राप्त भएको गुरुङले बताएका छन् ।

निर्वाचनको अघिल्लो दिन अभियानमा विभिन्न भूमिकासहित सहभागी अभियन्ताहरुका बीचमा पनि छलफल भएको छ । सदस्यता विस्तारदेखि चुनाव प्रचार प्रसारसम्मका सबै गतिविधिहरुमा अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगर र उनका एजेण्डामा सहमति जनाउने अन्य विभिन्न पदका उम्मेदवारहरुको पक्षमा व्यापक समर्थन देखिएको उनले बताएका छन् ।

प्रचार प्रसारको काम पूरा भएको र अब मतदानका लागि पन्जीकृत सदस्यहरुलाई सहयोग गर्न स्वयम् सेवकहरु तयारी अवस्थामा रहेको गुरुङले बताए । सहयोगका लागि पाँच सय स्वयम् सवेकहरु तयारी अवस्थामा छन्, उनले भने ।

गुरुङ अध्यक्ष रहेको तमु धीँ यूकेले २४ जुलाईमा मिडल्याण्डमा गोर्खाकप टुर्नामेन्टको आयोजना गरेको थियो ।

सो टुर्नामेन्टका लागि अध्यक्षका उम्मेदवार गाहा मगरले २१ सय १० पाउण्ड आर्थिक सहयोग उपलब्ध गराएका थिए भने खेलाडी र दर्शकका लागि १ हजार बोटल पिउने पानी उपलब्ध गराएका थिए ।

प्रतिक्रिया