२०८१, १३ बैशाख बिहीबार
×

ट्रेन्डिङ

एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी

760 Shares

अष्ट्रिया । एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी आफ्नो पुरै प्यानल सहित अत्यधिक बहुमतले विजयी भएकी छन् ।

तिवारीले बाबा राजेश्वरी थापालाई पछि पार्दै अध्यक्षमा विजयी भएकी हुन् । २०१७–२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजकको रुपमा उच्चस्तरीय भूमिका निर्वाह गर्दै ‘दि बेस्ट वुमन कोअर्डीनेटर’ को अवार्ड अन्तर्राष्ट्रिय समन्वय परिषदबाट प्राप्त गरेकी थिइन् । २०१९ मा भने महासचिव निर्वाचित तिवारी यो पटक अध्यक्षमा विजयी भएकी छन् ।

कार्यसमितिमा निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष अनिता भुजेल, उपाध्यक्ष कुमार अधिकारी, महासचिव रोशन घिसिङ्ग, सहकोषाध्यक्ष सरिता शिलवाल निर्वाचित भएका छन् ।

त्यस्तै निर्विरोध निर्वाचित अन्य पदाधिकारीहरुमा महिला उपाध्यक्ष आशा थापा, सचिवद्वय कृष्ण श्रेष्ठ र मोहन चौधरी, कोषाध्यक्ष बिरेन्द्र ब पुन, युवा संयोजक महेन्द्र लिम्बु, महिला संयोजक प्रतिभा कार्की, महिला सहसंयोजक ममता केसी र सदस्यहरुमा जपन राई, बिष्णु कुँवर, सन्तोष भेटवाल, भावना प्रशाई छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा बिकास कार्कीले बहुमतले सहित विजयी भएका छन् । कार्की यस अघि वरिष्ठ उपाध्यक्ष थिए ।

एनआरएनको सुरुवातीका समय देखि नै विभिन्न गतिबिधिमा संलग्न रहेकी तिवारीका श्रीमान मणि थेबे पनि एनआरएनए एनसीसीका पूर्वअध्यक्ष नै थिए । त्यसैले पनि २००५ देखि नै उनि पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एनआरएनका गतिबिधिमा संलग्न हुँदै आएको बताउँछिन् ।

लामो समयदेखि अष्ट्रियामा रहेर एनआरएनए अष्ट्रियाको महिला संयोजक, महासचिव हुँदै २०२१–२०२३ का लागि अध्यक्षमा निर्वाचित भएकी तिवारीले अष्ट्रियामा रहेको नेपाली समाज र संघ–संस्थालाई गोलबद्ध गर्दै एकताको सूत्रमा गाँस्नेलगायतका प्रतिबद्धता गरेकी छन् ।

प्रतिक्रिया