२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएन यूके युवा संयोजक उम्मेद्वार अनिलको अपील

2260 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको युवा संयोजक पदमा यूवा व्यवसायी तिर्थ बहादुर मल्ल (अनिल) पनि सक्रिय रुपमा बेलायतका विभिन्न भागमा प्रचार प्रसारमा लागेका छन् । आफूले पाएको साथ र सहयोगले गर्दा आफ्नो विजय सुनिश्चित रहेको मल्ल बताउछन् ।

जुलाई ३१ का लागि निर्धारित एनआरएन यूके निर्वाचनमा उनले सो पदमा उम्मेद्वारी दर्ता गरेका हुन् ।

‘एनआरएन जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि यूवाहरुको सहभागिता अहिलेसम्म नगण्य जस्तै छ । संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ’- अनिल भन्छन् ।
सफल व्यवसायी तथा समाजसेवी बेलायती समाजमा एक सफल  व्यवसायीका रुपमा स्थापित मल्ल समाज सेवामा पनि उत्तिकै सक्रिय रहँदै  आएका छन् । एनआरएन होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन् ।

हाल मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै आएका छन् ।

युवाहरु माझ लोकप्रिय अनिल युवाहरुकै सल्लाह र आग्रहअनुसार एनआरएन यूके युवा संयोजकमा उम्मेदवारी दिएका अनिलसंग केही भिजन र कार्ययोजना छन् ।

बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने लक्ष्य उनीसंग छ ।
विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने उनले जनाए ।

युवा समाज सेवी पौडेलले आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि दिन सबैमा अपिल गरिरहेका छन् ।

प्रतिक्रिया