२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

युवा समाजसेवी पौडेल एनआरएन युकेको सदस्यमा पदका सशक्त उम्मेद्वार

5960 Shares
Spread the love

लण्डन । बेलायतमा रहेका नेपाली युवा समाजसेवी उपेन्द्र पौडेलले गैरआवासीय नेपाली संघ, युकेको कार्यसमिति सदस्य पदमा चुनावी तयारीलाई तिव्रता दिएका छन् ।

बेलायतबासी नेपाली तथा स्वदेशमा परेका आपदविपदमा सधै सेवा गर्ने उपेन्द्रले अब एनआरएनए मार्फत समाजसेवाको यात्रा गर्ने उद्धेश्यसहित उम्मेद्वारी दिएको बताए ।

यस अघि क्याट युके, चाल्टन समाज सग आबद् थिए भने हाल मिडल्याण्डको साझा समाजको कार्यकारी सदस्यको रुपमा कार्यरत छन्।

एनआरएन युकेलाई एकताबद्ध, सशक्त र मजबुद बनाउन र बेलायतमा रहेका नेपाली हरुको सुखदुखमा दरिलो साथी बनाउनका लागि आफु संस्थामा आउन चाहेको उनको भनाइ छ । “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक, हित र अधिकार प्राप्तिको लागि भरमग्दुर प्रयास गर्नका लागि र नयां पुस्तालाई एनआरएन अभियान प्रति आकर्षित गर्न गैर आवासीय नेपाली संघ (एनआरएन) बेलायतको सदस्य पदमा उमेदवारी गरेको जनाए।

उनको मुख्य प्रतिबदताहरु एनआरएनएमा युवाहरुको अधिकतम उपस्थिति गराउन पहल गरि सस्थामा हुने राजनितिक हस्तक्षेप रोक्न जोडदार पहल गर्ने, “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक हित र अधिकार प्राप्तिका लागि निर्णयात्मक भूमिका खेल्ने जस्ता छन्।

युवा समाज सेवी पौडेलले आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि दिन सबैमा अपिल गरिरहेका छन् ।

प्रतिक्रिया