२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए अष्ट्रेलियाको सदस्यमा सुजन अधिकारीको उम्मेद्वारी

2368 Shares
Spread the love

अष्ट्रेलियामा रहेका नेपाली युवा समाजसेवी तथा व्यवसायी सुजन अधिकारीले गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको कार्यसमिति सदस्य पदमा चुनावी तयारीलाई तिव्रता दिएका छन् ।

अन्तर्राष्ट्रिय धादिंग समाजका सल्लाहकार समेत रहेका अधिकारी साउथ अस्ट्रेलियामा निकै चर्चित व्यक्तिको रुपमा छन्। अष्ट्रेलियाबासी नेपाली तथा स्वदेशमा परेका आपदविपदमा सधै सेवा गर्ने अधिकारीले अब एनआरएनए मार्फत समाजसेवाको यात्रा गर्ने उद्धेश्यसहित उम्मेद्वारी दिएको बताए ।

साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ र यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न तपाई हामी सबैको साथ र सहयोगको आवश्यकता छ र यहि आवश्कतालाई मध्यनजर गर्दै म यस निर्वाचनममा साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्य उम्मेदवारको रुपमा प्रस्तुत भएको जानकारी दिए ।

उनका प्रतिबद्दताहरु

१. अस्ट्रेलियामा विभिन्न राज्यहरुमा हाम्रा बालबालिकाहरुले नेपाली भाषा पढ्दै आएका छन् । त्यसमा एकरुपता बनाउन एउटै पाठ्यक्रम निमार्णका लागि भूमिका खेल्ने छु ।

२. हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु ।

३. युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुँदा त्यस सम्बन्धि जनचेतना जगाउने कार्यक्रम गर्ने छु ।

४. पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै भएको छ , त्यसलाई मध्यनजर गर्दै एनआरएनए अभियानमा जोडिन चाहने सबैलाई पहुच गराउने छु ।

५. हामी प्रबिधियुक्त देशमा बसेका छौ त्यसैले हरेक सदस्यले घर मै बसेर अनलाईन भोटिंग गर्न पाउने ब्यबस्था एसै बर्ष देखी सुरुवात भयको छ यसलाई अझै प्रविधि मैत्री बनाउन विशेष दिनेछु ।

६. राष्ट्रिय सम्मलेन प्रत्यक २ वर्षमा भिन्न भिन्न राज्यमा गर्न पहल गर्ने छु ।

७. नेपालमा सुरक्षित व्यवसायीक लगानी र सामाजिक सेवाका काममा विशेष भुमिका खेल्ने छु । युवा उद्यमी तथा समाजसेवी सुजन अधिकारीले आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि दिन सबैमा अपिल गरिरहेका छन् ।

प्रतिक्रिया