२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए यूकेको कोषाध्यक्ष उम्मेदवार बिष्णु खरेलको लोकप्रियता बढ्दै (भिडियोसहित)

18936 Shares
Spread the love

लण्डन ।  एनआरएनए यूकेको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार बिष्णु खरेलको लोकप्रियता बढ्दै गएको छ ।

बेलायतमा समाजसेवा मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल खरेलको निर्वाचन अजेण्डा अरुको भन्दा भिन्न भएकाले पछिल्लो समयमा उनलाई साथ दिने धेरै भएको समाजका अगुवाहरुको दावी छ ।

खरेल भन्छन् “जब मैले आफ्नो उमेदवारी दिने घोषणा गरें, त्यो दिनबाट आजसम्म मलाई देश विदेशबाट साथ सहयोग र शुभकामना दिदेहरुको संख्या बढ्दै गएको महसुस नि गरेको छु ।”

युवा व्यवसायी तथा समाजसेवीको रुपमा परिचित बिष्णु खरेल गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार पनि हुन् । करिब दुई दशक अगाडी बेलायत अएका खरेल परोपकारी काममा निकै सक्रिय छन् । आफुले केहि लिनुभन्दा पनि समस्त नेपाली समुदायलाई केहि दिनसक्छु भनेर उपाध्यक्षमा उम्मेदवारी दिन प्रोत्साहित गरेको उनि बताउछन् ।

एनआरएन युके भित्र आन्तरिक विवाद निकै रहेको र समाज बिभाजन तर्फ उन्मुख भएको बखत आफुले समाजलाई एक ढिक्का बनाउन सक्दो मेहनत गर्ने उनले बताए ।

नेपाली समुदायमा उनि समाज सेवाको क्षेत्रमा निकै अगाडि छन । व्यवसायसंगै समाजसेवामा पनि उत्तिकै सक्रिय बेलिफ रेष्टुरेन्ट संचालक खरेलले नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । यस वर्ष मात्रै उनले करिब २० लाख रुपैयाँको सहयोग नेपाल पठाइसकेका छन् ।

खरेलले काठमाडौंमा ५० अनाथ बालबालिकालाई संरक्षण प्रदान गरिरहेको ‘माया घर’ अनाथ आश्रमलाई ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा च्यारिटी कार्यक्रममा आयोजना गरि ३ लाख रुपैयाँ सहयोग गरेका थिए ।

उनले आफ्नो जन्मदिनको अवसरमा करिब चार लाख रकम संकलन गरि चितवनको चेपाङ समुदाय र धादिङका विपन्न १६८ परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । उनले भिसी कुलमान थापाको बेलायतमा शालिक बनाउनको लागी करिब १ हजार पाउण्ड सहयोग गरेका थिए ।

यही साल उनले छोरीको जन्मदिनमा विपन्न परिवारका तीन विद्यार्थीलाई वर्षभरको अध्ययनका लागि ५० हजार रुपैयाँ सहयोग गरेका थिए भने उनले छोराको जन्मदिनमा क्याट यूकेको लागि १६ सय ९० पाउण्डको कोष जुटाइदिएका थिए ।

भिन्न शैलीमा च्यारिटी गर्ने समाजसेवी खरेलले बुद्ध फाउण्डेसन यूकेका लागि समेत खरेलले दुईपटक गरी कुल साढे १३ सय पाउण्ड सहयोग गरेका थिए भने गत अप्रिल १३ मा उनले कोभिड १९ विरुद्ध अग्रमोर्चामा खटिएका ८० एनएचएस स्टाफलाई हौसलास्वरुप निशुल्क खाना प्रदान गरेका थिए ।

इमिग्रेसन एड्भाइजरका रुपमा समेत काम गर्दै आएका खरेल पछिल्लो समय उनको निरन्तर आर्थिक सहयोग रहिआएको छ । नेपालमा भुकम्प पिडीतहरुलाई करिब ५ लाख रुपैयाँ सहयोग गरेका खरेल लामो समयदेखि विभिन्न सामाजिक काममा सकृय छन् ।

प्रतिक्रिया