२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

निर्वाचन समितिको कमजोरी : एनआरएनए युकेको चुनाव तोकिएकै मितिमा नहुने प्रवल सम्भावना

754 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचन समितिले नियोजित रुपमा तथा आफनै अकर्मन्यताका कारण ३१ जुलाईमा तोकिएको चुनाव गर्न नसक्ने समितिकै संयोजकले स्वीकारेका छन् ।

एनआरएनए युकेका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक, महेन्द्र राज कंडेल, ले ३१ जुलाईमा तोकिएको निर्वाचन पर सर्न सक्ने संकेत गरे ।

गैरआवासीय नेपाली संघ युकेको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक कंडेलले३१ जुलाईमै चुनाव हुने बताए।”हामीले टेक्निकल पार्ट हेरी रहेका छौं, एक्स्पर्टसंग परामर्श गरि रहेका छौं।तर कुनै प्राविधिक समस्या आयो भने एक, डेढ हप्ता सार्न पनि सक्छौं,” उनले भने।

निर्वाचन समितिका संयोजकले ३१ जुलाईमै चुनाव गर्ने ९९ प्रतिशत सम्भावना रहेको बताउंदै गर्दा २५ जुलाई सम्म पनि चुनाव गराउने कम्पनी (भेन्डर) छनोट गर्न सकेको छैन।समितिले पहिले ब्रिस्टलमा रहेको एउटा ब्रिटिश कम्पनी, च्वाइस भोटिंग, संग कुरा गरेको तर विना कुनै कारण उनीहरुसंगको वार्ता छाडेर अमेरिकामा नेपाली हरुले चलाएको एक कम्पनीलाइ प्रस्तुतिका लागि बोलाएको थियो।

नेपा आइटी (www.nepait.com) नामक उक्त कम्पनीको तर्फबाट विजय भट्टराईले प्रस्तुति गरेका थिए।तर उक्त कम्पनीले यस अघि कुनै पनि अनलाइन भोटिंग गराएको छैन।उक्त कम्पनी एनआरएनएकाकेन्द्रिय सचिव गौरी जोशीसंग सम्बन्धित रहेको सूत्रहरुले जनाएका छन्।

एनआरएनए आइसीसीले ३१ जुलाई सम्म चुनाव गर्न निर्देशन दिएको भएता पनि समयमै निर्वाचन समिति गठन नगर्ने र अन्तिममा आएर कुनै विश्वसनियता नै नभएको कम्पनीलाई अगाडी सार्नुले निर्वाचन समिति चुनाव सार्ने षड्यन्त्रमा संलग्न भएको हुन सक्ने गम्भीर आशंका जन्मिएको छ।

ब्रिटिशखबर डटकम

प्रतिक्रिया