२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए बेल्जियमको चुनावका क्रममा कुटाकुट

1186 Shares
Spread the love

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको चुनावका क्रममा कुटाकुट भएको छ ।

आगामी कार्यकाल २०२१ २३ का लागि नेतृत्व चयन गर्न हुन लागेको चुनावी प्रक्रियाका क्रममा एकआपसमा कुटाकुटको अवस्था सिर्जना भएको हो ।

यस पटकको चुनावमा अध्यक्ष पदका लागि उपाध्यक्ष खड्कबहादुर केसी, वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य व्यवसायी अनुजा प्रधान र सीपी भट्टको उम्मेद्वारी परेको छ ।

अध्यक्षको दावी गरिरहेका तीनैजना उम्मेद्वारहरु बेल्जियमका ब्यवसायी हुन्, भने भट्ट अघिल्लो एनसीसीमा मनोनित कार्यसमिति सदस्य हुन् ।

निर्वाचनमा हुने विभिन्न पदको लागि कुल ३६ जनाको उमेदवारी परेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा यो पटक नयाँ तथा पुराना गरी २ हजार १६२ जनाले मात्र पंजिकृत सदस्यता लिएका छन् ।

प्रतिक्रिया