लण्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए)को उद्गम थलो बेलायतमा राष्ट्रिय समन्वय परिषद्(एनसीसी)को महासचिवका लागि त्रिपक्षीय भिडन्त देखिएको छ ।
३१ जुलाईमा हुने निर्वाचनका लागि तीन जनाले महासचिव पदमा उम्मेदवारी दिएपछि त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको हो ।
आगामी महासचिवका लागि वर्तमान सचिव जित रानाभाट , पुर्व प्रवक्ता खुसी लिम्बु , तथा डा.मुकुन्द बास्तोलाले महासचिवमा उम्मेदवारी दिएका छन् ।
उनीहरु तीनै जना लण्डन निवासी हुन् ।
महासचिवमा तीनै जना अध्यक्षका उम्मेदवारको समर्थनमा तीन जनाले उम्मेदवारी दिएका छन् । जित रानाभाटलाई दिपक श्रेष्ठको समर्थन छ भने खुसी लिम्बुलाई प्रेम गाहा मगरको र डा.मुकुन्द बास्तोलालाई रोजिना प्रधान राईको समर्थन रहेको छ।
यसै क्रममा नेपाल संसारले ३ दिनको समय लगाएर मत सर्वेक्षण गर्ने भएको छ ।
कृपया आफुलाई मनपरेका उम्मेदवारलाई तलको पोलमा मत दिएर सर्वेक्षणमा सहभागी हुनु होला :