२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएन अभियन्ता विनय अधिकारीले आइसिसी सचिवमा उम्मेदवारी दिने

771 Shares
Spread the love

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता तथा ग्लोवल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले आइसिसी सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आगामी कार्यकालको लागि अक्टोवरमा हुन लागिरहेको संघको चुनावमा अधिकारीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

अधिकारीले गैर आवासीय नेपालीहरुको प्रमुख मुद्धा गैर आवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी भएको बताए । संविधानमा उल्लेख हुँदा पनि गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ऐन बन्न नसक्नु र कार्यान्वयनमा आउँन नसक्नु चिन्ताको विषय भएको बताउँदै गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन गराउन आफू लागिपर्ने बताए ।

त्यस्तै, अधिकारीले युवा तथा दोस्रो पुस्तालाई एनआरएनमा सहभागि गराउन, महिलाहरुका मुद्धाहरुलाई सशक्त रुपमा उठाउन, महिला सहभागिता बढाउन, गोखार्जहरुको मागलाई सशक्त ढंगले उठाउन, विदेशमा नेपालको पर्यटन प्रबद्र्धन गर्न, विदेशमा रहेका नेपालीबाट नेपालमा लगानी भित्याउन, संघलाई साझा तथा पारदर्शी बनाउन, एनआरएनमा सदस्य संख्यामा बृद्धि गर्न, नेपाली भाषा, संस्कृति र भेषभूषाको संरक्षण गर्न, स्मार्ट एनआरएन निर्माणमा सहयोग गर्न जस्ता विभिन्न एजेन्डा रहेको बताए ।

अघिल्लो निर्वाचनमा आइसिसी सचिवको प्रतीस्पर्धी समेत गरेका  अधिकारीसंग एनआरएनए यूकेमा विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।

अधिकारीको नेतृत्वमा गोरखा समाजले नेपालमा कोरोनाको दोस्रो लहरमा विश्वभरका गोरखाबासी नेपालीहरुबाट सहयोग संकलन गरेर गोरखा जिल्लामा प्रत्येक स्वास्थ्य केन्द्रहरुलाई ४० वटा अक्सिजन कन्सनट्रेटर तथा करोडौ रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री सहयोग गर्न सफल भएको थियो ।

मातृभूमीमा आपतकालिन अवस्थामा सहयोग गर्न हरदम तयार रहने पनि उनले बताए ।

त्यस्तै, कोरोनाको कारण भोकमरीको समस्यामा परेका चितवनको चेपागं बस्तीलार्ई सहयोग संकलन गरि सयौ घरधुरीलाई राहत वितरण गरेका थिए । अधिकारी विभिन्न सामाजीक संघसंस्थामा सक्रिय भएर डायस्पोरामा पनि नेपाली सामुदायको सेवा गरीरहेका छन् ।

प्रतिक्रिया