२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएन युकेको चुनावमा कसले मार्ला बाजी ? सर्वेक्षणमा भोट गर्नुहोस् र नतिजा हेर्नुहोस्

56265 Shares
Spread the love

लण्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए)को उद्गम थलो बेलायतमा राष्ट्रिय समन्वय परिषद्(एनसीसी)को नेतृत्वका लागि त्रिपक्षीय भिडन्त देखिएको छ ।

३१ जुलाईमा हुने निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको हो ।

आगामी नेतृत्वका लागि वर्तमान एनसीसी कार्य समितिका दुई उपाध्यक्ष र इङ्ल्याण्ड राज्य परिषदका अध्यक्षले उम्मेदवारी दिएका छन् ।

अध्यक्षका लागि उम्मेदवारी दिएका प्रेम गाहा मगर र रोजिना प्रधान राई वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् भने दीपक श्रेष्ठ राज्य परिषदका अध्यक्ष हुन् । उनीहरु तीनै जना लण्डन निवासी हुन् ।

अध्यक्षसँगै महत्वपूर्ण मानिने उपाध्यक्ष र महासचिव पदमा पनि उस्तै प्रतिस्पर्धा देखिएको छ । उपाध्यक्षमा टिम अनुसारको उम्मेदवारी नपरे पनि महासचिवमा भने तीनै जना अध्यक्षका उम्मेदवारको समर्थनमा तीन जनाले उम्मेदवारी दिएका छन् । यसै क्रममा नेपाल संसारले ३ दिनको समय लगाएर मत सर्वेक्षण गर्ने भएको छ ।

कृपया आफुलाई मनपरेका उम्मेदवारलाई तलको पोलमा मत दिएर सर्वेक्षणमा सहभागी हुनु होला :

प्रतिक्रिया