२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

संस्थाको साख फर्काउने वाचासहित चुनावी मैदानमा शशांक शर्मा

714 Shares
Spread the love

लण्डन । गैर आवासीय नेपाली संघ, यूकेको सह–कोषाध्यक्षमा उम्मेदवारी दर्ता गरेका शशांक शर्माले पारदर्शिताको माध्यमबाट संस्थाको साख फर्काउने घोषणा गरेका छन् ।

आर्थिक अनियमितता र हिनामिनाका कारण एनआरएन यूकेको साख खस्किँदै गएको भन्दै आफू निर्वाचित भएमा एनआरएनको विश्वसनीयतामा वृद्धि गर्ने शर्माको दाबी छ । लेखा प्रणालीलाई चुस्त बनाउँदैै संस्थाको सम्पत्तिमा आम सदस्यहरुको योगदान रहेको महशुस गराउने योजना बनाएको उनले बताए ।

प्रवासमा रहेका आम नेपालीसँगै संघका पन्जीकृत सदस्यहरुको विश्वासमा आँच आउन दिने छैन,’ उम्मेदवारी दर्तापछि उनले भने, ‘संस्थालाई पारदर्शी रुपमा अगाडि बढाउने र गुमेको साख फिर्र्ता गर्ने नै मेरो प्रमुख लक्ष्य हो ।

विद्यार्थी कालदेखि नै समाजसेवामा सक्रिय शर्माले समाजसेवालाई निरन्तरता दिन नै एनआरएनए एनसीसीको सह कोषाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

संस्थामा बसेर योगदान दिने हो,’ उनले भने, ‘समाजसेवा गर्दा जुन आनन्द आउँछ, अन्य कामबाट त्यो आनन्द महशुस गर्न सकिँदैन ।’

प्रतिक्रिया