२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

अमेरिकाको न्यूयोर्कमा आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको आरोपमा नेपाली युवा पक्राउ

17076 Shares
Spread the love

काठमाडौं। अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवा आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । मंगलबार बर्गेन काउन्टीका प्रोसिक्युटरले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोगमा न्यू जर्सीका एक व्यक्तिलाई पक्राउ गरेको बताएको पिक्स ११ ले जनाएको छ ।

घटना सोमबार भएको थियो । सोमबार राती करिब पौने १० बजेको समयमा माहवाहमा पुलिसको ९११ मा फोन आएको थियो । सूचनापछि घटनास्थल पुगेको पुलिसले ५६ वर्षका फु शेवाङलाई मृत अवस्थामा फेला पारेको थियो । उनलाई कैयौं गोली लागेका थिए ।

अनुसन्धानमा २४ वर्षका मिलन घिमिरेले उनको गोली हानी हत्या गरेको पाइएको छ । मिलन एक ग्यास स्टेशनमा शेवाङका सहकर्मी थिए । उनलाई पक्राउ गरी ब्रेंक्समा हिसारतमा राखिएको छ । घिमिरेमाथि फर्स्ट डिग्री हत्या, हतियार राखेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको अभियोग लगाइएको छ ।

प्रतिक्रिया