२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६३ पुग्यो

1264 Shares
Spread the love

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली राजदूताबासले शुक्रबार विहान उक्त जानकारी दिएको हो ।

मृत्यु हुनेमा ५२ जना पुरुष, ११ जना महिला रहेका छन् । मृतकहरुमा ५२ जना गोरखा र उनका परिवार सम्वद्ध छन् भने ११ जना गैर गोरखा रहेको दूताबासका प्रवक्ता शरदराज आरनले जानकारी दिए । दूतावासले ‘गोर्खा वेल्फेयर ट्रस्ट’, भूतपूर्व गोर्खाका संस्था, स्थानीय काउन्सिल लगायतसंगको समन्वयमा तथ्यांक संकलन गरिएको जनाएको छ ।

प्रतिक्रिया