२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

कोरोना संक्रमणबाट पूर्व गोरखा सैनिक राईको बेलायतमा निधन

2850 Shares
Spread the love

लण्डन । श्वास फेर्न गाह्रो भएपछि १० दिनअघि अस्पताल लगिएका भूतपूर्व गोरखा सैनिक कर्णबहादुर राईको बेलायतमा शनिबार निधन भएको छ । १० दिनअघि अस्पताल लगिएका राईको मेडिस्टोन अस्पताल केन्टमा कोरोना संक्रमणबाट निधन भएको किरात यायोख्या मेडिस्टोन प्रारम्भिक कार्यसमितिका अध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।

ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई सन् २०१७ देखि बेलायतको मेडिस्टोनमा बसोबास गर्दै आएका थिए ७७ वर्षीय राईलाई कोरोनाको लक्षण घरमै देखिएको थियो । बेलायत आएको केही महिनामै राईकी श्रीमतीको निधन भएको थियो ।

उनी हाल एक छोरा, एक छोरीसित बेलायतमा बस्दै आएका थिए । परिवारका अनुसार उनमा अन्य कुनै स्वास्थ्य समस्या थिएन । उनको दुई छोरा, चार छोरी छन् । सेभेन्थ गोरखा राइफल्सका राईको आर्मी नम्बर २११५२९७५ रहेको छ ।

प्रतिक्रिया