२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

कोरोनाबाट यूकेमा ३२ वर्षीया नेपाली युवतीको निधन

2375 Shares
Spread the love

लण्डन । कोरोना संक्रमणबाट बेलायतमा ३२ वर्षीया नेपाली मूलकी युवतीको निधन भएको छ ।

मृत्यु हुनेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ पुर्ख्यौली घर भई हाल बेलायतकाे ननिटनमा बसोबासरत सुश्री बीमा नाछिरिङ राई छिन् । उनको म‌ंगलबार जर्ज इलिट अस्पतालमा निधन भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगरले जानकारी दिए ।

उनी पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी थिइन् । उनी गत वर्ष मात्र युके आएकी थिइन् ।

मिर्गौलाकी बिरामी राईलाई कोरोना संक्रमण भएपछि एक साता अघि सो अस्पताल भर्ना गरिएको थियो ।

उनको परिवारमा बाबा, आमा र एक बहिनी मात्र छन् ।

उनी अहिलेसम्ममा युकेमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा कम उमेरका नेपाली हुन् ।

WeNepali.Com

प्रतिक्रिया