२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

कोरोनाको चपेटामा बेलायतका नेपाली

1750 Shares
Spread the love

लण्डन । अहिले बिश्वमा आतंक मच्चाई रहेको कोरोना भाइरसको कारणले हामी नेपाली पनी अछुतो छैनौं। यही भाइरसको कारण हाल सम्म बेलायत बासी भाइरस संक्रमित नेपालीहरु ३५जना पुगेका छन भने जुन २० जना घरमै क्वारेन्टायनमा ५ जना हस्पिटलाज ७ जना निको भएको र ४ जना ज्यान नै गुमान सकेका छन। यसै कोभोड-१९ को विशेष मध्य नजर राखी नेपाली दूतावासले पछिल्लो ३ हप्त्ता देखी बृद्ध बुद्धा तथा भूतपूर्व बृद्ध गोर्खा समिति गठन गरेको जानकारी दिएको छ ।

यस समितिले बृद्ध बृद्धाहरूलाई औषधि लगायत आवश्यक सामाग्री समेत घर घरमा पुराई दिने दूतावासका उपनियोग प्रमुख शरदराज आरनले जीगिर गर्नु भयो। तर उक्त समितिका संयोजक ज्ञानराज राईले अनुसार हाल सम्म कुनै पनी सहयोगको लागी अपील नआएको र समितिले गर्ने सहयोग भनेको अप्रत्यक्ष रुपमा गर्ने हो। जस्तै औषधि चाहिएमा एनएचएस लाई फोन गर्न परेमा र परिस्थिति अनुसार गर्न सकिने बताउनु भयो। नेपाली दूतावास अनुसार बेलायतमा लगभग १५० हजार बेलायत बासी नेपालीहरू बस्छन ति मध्य ६०% बृद्ध बृद्धीहरू छन । बेलायत लकडाउन भएको पनी यो तेश्रो हप्त्ता हो ।

के ६०% बृद्धबृद्धाहरूलाई कुनै सहयोग चाहिएको छैन होला त?

यस्तै यस्तै कुराले मेरो मनमा उथल-पुथलहुन थाल्यो र २/४ जनालाई फ़ोन मार्फत सोधेको थिए । तपाईहरू कुनै समस्यमा त हुनुहुन्न? सबैको उत्तर एउटै थियो, खानको लागी चामल बाहेक केही छैंन, यो पनी कति दिन चल्ने हो। बाहिर जाम भने मृत्यु संग डर लाग्छ भित्र बसु भने भोकले मरिन्छ की भन्ने डर, न त हस्पिटले नै हेर्छ हामीलाई, यदि बिरामी भैं हाले भने हस्पिटल समेत घरमै गएर बस भन्छ। आमा हजुर त बेलायती नागरिक सरकारले सहयोग गर्छ होला नी? आमाको उत्तर थियो, कांगलाई बेल पाक्यो हर्ष न बिषमात, किन ? कालो अक्षर भैंसी बराबर बावु, मन मेरो चस्क्क भयो ।

मन द-यो बनाउदै अर्को प्रश्न आट गर्दै भने एनआरएनए त आएको थियो होला नी आमा ? एनआरएनए त चुनावको बेला भोट माग्न आउछ अहिले हैन होला नी बावु मन अमिलो पार्दै आमालाई फ़ोन बाँट बिदा माग्ने निर्णय लिए। खैं कसलाई के भन्ने हाम्रो समाजमा १,२ जना सहयोग गर्छु भनेर अगाडी सर्न मात्र के सोचेका हुन्छन कसैले भनछन सस्तो लोकप्रियता कमाउन थाल्यो त कसैले दान बिरको उपनाम चुनिन पुग्छन। हाम्रो समाज यस्तै छ, न त अरूले गरेको देख्न सक्छन न त आफुले नै गर्छन।

आमाको गनथनलाई कोर्दाकोर्दै धेरै लामो पो भएछ। यहाँ सम्म पढदै आउदा कतिलाई रिस उठ्यो होला। म पनी उस्तै कहिले बिधार्थीलाई लिएर आउछु कहिले आमालाई, कतै हजुरको मनमा ठेस लाग्न त पुगेमा क्षमा चाहान्छु कोरोनाको चपेटामा बेलायतका नेपाली।

प्रतिक्रिया