२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

यूकेमा कोरोनाबाटै अर्का गोर्खा मेख बहादुरको निधन

1682 Shares
Spread the love


लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको निधन भएको छ । बेलायतको ननिटन क्षेत्रमा बस्दै आएका ५६ वर्षीय पूर्व गोर्खा मेखबहादुर गुरुङको बुधबार निधन भएको हो ।

नेपालमा पर्वत जिल्लाको महाशिला गाउँपालिकाअन्तर्गत भोक्सिङ देउराली घर भएका गुरुङ श्रीमतीसहित बेलायत बस्दै आएका थिए । मृतक गुरुङलाई कोरोनाको संक्रमण पुष्टी भएको र अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी पर्वत वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले दिए ।

मृतक गुरुङलाई अरु कुनै गम्भीर स्वास्थ्य समस्या रहेकोबारे आफुलाई थाहा नभएको आलेले बताए ।

प्रतिक्रिया