२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

सिड्नीमा ४ नेपाली कोरोना संक्रमित भएको पुष्टि

861 Shares
Spread the love

अस्ट्रेलिया । अस्ट्रेलियाको राजधानी सिड्‌नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।

अस्ट्रेलियामा पढ्न आएका ४ जना नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको नेपाली तूतावासले पुष्टि गरेको छ । दूतावासले संक्रमित सबै नेपाली युवतीहरु भएको र उनीहरु सेल्फ क्वारेन्टनाइनमा रहेको जनाएको छ ।

सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बस्ने ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो भने अन्य २ जनाको पनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बताईएको छ। एक जना युवतीको भने कोरोना रिर्पोट नेगेटिभ आएको छ ।

यस्तै सिड्नीमै बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत भाइरसको संक्रमण देखिएको छ । हाल उनको स्वास्थ्य सामान्य रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया