1101
Shares
भोला लामिछाने, कोरोना भाईरसले स्पेनमा महामारी फैलाउदा यहा रहेका नेपालीहरू पनी यसको चपेटामा परेका छन् । बिगत एक हप्ता देखी केही नेपाली दाजुभाई दिदीबहिनीहरू सामान्य जरो खोकी लागेर कोरोनाको आशंकामा बार्सिलोनामा रहेको हस्पिटल गएका थिए । यिनीहरू मध्य केही लाई पोजेटीभ देखीएको आफन्तहरूले जानाकारी दिएका हुन ।
संक्रमित भएका केही लाई पोजेटीभ संक्रमण भएता पनी बिरामी लाई सामान्य छ घरमै आरम गर्नु भनेर हस्पिटलले डिस्चार्ज गरे पछी घरमा आउदा रूममा सगै बस्नेलाई समेत सरेको घटनाले नेपाली समुदायलाई थप चिन्तीत बनाएको छ ।
आगामी दिनमा थप संक्रमण हुन नदिन पोजेटिभ भएका बिरामीहरू कृपया हस्पिटलमै बसिदीनु भई थप उपचार तिर लाग्नुहुन र नेपाली समुदाय लाई सम्पर्क गर्नु भई सबैलाई सुचीत गर्नुहुन अनुरोध गरिएको छ संक्रमणीत ब्याक्तीहरूको विवरण गोप्य राखीएको छ।