२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

कोरोना भाइरस : एनआरएन यूके राज्य समन्वय परिषद इंग्ल्याण्डको जानकारी तथा अपिल

1574 Shares
Spread the love

लण्डन । कोरोना भाइरस कारण अहिले विश्व त्रस्त छ । बेलायतमा मात्र यो पंक्ति तयार पारिरहँदा सो भाइरसका कारण ४२२ जनाको ज्यान गइसकेको छ भने ६ हजार ६५० मा सो भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म यो भाइरसको उपचार पत्ता लागेको छैन तर यो रोग लाग्न नदिन विभिन्न उपायहरु चिकित्सक, वैज्ञानिक र सरकारले जारी गरेका छन् ।

यस्तै एनआरएन यूके राज्य समन्वय परिषद इंग्ल्याण्डको कोरोना भाइरस सम्बन्धि जानकारी तथा अपिल जारी गरको छ :

आदरणीय इंग्ल्याण्ड लगायत सम्पूर्ण बेलायतवासी गैर आवासीय नेपाली दिदि-बहिनि तथा दाजु-भाईहरु नमस्कार,
तिब्ररुपमा फैलिएको कोरोना भाइरस (Covid-19) महामारीको कारण विश्वनै त्रसित भएको र यसको कारण करिब १६ हजार भन्दा बढीको ज्यान गैसको तथा करिब ३ लाख ७० हजार भन्दा धेरै मानिस हरु संक्रमित भैसकेको अवस्था रहेको अबस्थामा यस बाट प्रभावित सम्पूर्ण जनसमुदाय प्रति गैर आवासीय नेपाली संघ युके, राज्य समन्वय परिषद इंग्ल्याण्ड परिवार हार्दिक सहानुभूति प्रकट गर्दछौं ।

यसको बढ्दो प्रकोपलाई रोक्न को लागि बिश्वब्यापी रुपमा सम्पूर्ण ब्यबसाय देखि लिएर सरकारी निकायतथा अन्य गतिविधिहरुलाई स्थगित गर्ने क्रम जारिरहेको र यसबाट करोडौंको संख्यामा मानिसहरु प्रभावित भएको यहाहरुलाई अबगत नै छ। बेलायतमा पनि तथ्यांकमा राखिए अनुरुप ३३५ जनाको यस प्रकोपबाट ज्यान गैसकेको छ भने ६ हजार भन्दा धेरै बेलायतबासिहरु यस बिशाणुबाट संक्रमित भएको जानकारी छ। बिस्तारै स्कुलहरु, धेरै जमघटहुने स्थलहरु, लागायत अन्य दैनिक गतिबिधिहरु प्रभावित हुँदै गैरहेको अवस्था छ भने प्रत्यकजनमानसहरुमा डर-त्रास को वातावरण रहेको छ। यस भयावह अबस्थामा हाम्रो नेपाली समुदायबिचमा पनि असहजको बातावरण अबस्य बनेको छ ।

बेलायत सरकारले विभिन्न संचार माध्यमहरुबाट दैनिक रुपमा यस प्रकोप सम्बन्धि जानकारी दिंदैआएको छ । यस आपतकोघडीमा आपतकालीन नियमहरु को पालना गर्नु भै होशियारी पुर्बक आफ्नो तथा आफ्नो-परिवारको स्वास्थ्य सुरक्षाको लागि अग्रसर हुनुहुन हार्दिक अपिल गर्दछौं।
२३ मार्च २०२० देखि लागुहुने गरि बेलायत सरकारले सम्पूर्ण बेलायत बासिहरुलाई अनाबस्कय रुपमा घरबाट बाहिर जान बाट प्रतिबन्द गरेको छ।
निम्न अत्यास्बस्यक उद्देश्य बाहेक घरबाट बाहिरफेर निस्किएको खण्डमा कारबाही गर्ने गरि प्रधानमन्त्री बोरिस जोन्सन द्वारा घोसणा गरिएको छ।
१. दिनको एक पटकमात्र व्यायामको लागि एक्लै अथवा आफ्नो परवारसंग मात्र बाहिर जना सकिने ।
२. खाना तथा अत्याबस्यक सामग्री खरिद गर्न, औषधि लिन , स्वास्थ्य उपचार गर्न तथा उपचार ( यदि तपाइँ को काम अपचार गर्ने अथवा हेरचाह गरिने हो भने) गर्नको लागि मात्र बाहिर जना सकिने ।
३. यदि आफ्नो काम घरबाट बसेर सम्भव नभय, कार्यालय तथा आफुले कामगर्ने क्षेत्रमा मात्र जान सकिने ।
४. आफ्नो परिवार बाहेक आफ्नो नजिकको परिवार, ईस्ट -मित्र कसैलाई पनि भेट्न बाहिर जान पाइने छैन ।
५. सकेसम्म शपिंग गर्न जानुभन्दा डेलिभरी सेवाको प्रयोग गर्ने ।
यदि माथि दिएका निर्देशनलाई मिचेर बाहिर निस्केको खण्डमा प्रहरीलाई जरिमाना लागाउने अथवा अन्य कारवाही गर्ने अधिकार दिइएको छ।

सरकारले यस प्रकोप बाट हुने आर्थिक असुविधा लाई सहज गर्नको लागि विभिन्न ब्यबसायहरु, कर्मचारीहरु तथा यसबाट प्रत्यक्ष, अप्रत्यक्षरुपमा प्रभावित नागरिकहरुको लागि आपतकालीन आर्थिक प्रावधानहरु पनि प्रकाशित गरेको छ। स्वास्थ्य तथा आर्थिक सम्बन्धि आधिकारिक जानकारीको लागि निम्न निकायहरुबाट सूचना हरु प्राप्त गर्न सकिने छ।

१। स्वास्थ्य सम्बन्धि जानकारी : www.nhs.org

२। सरकारको आपतकालीन आर्थिक नीति तथा नियम सम्बन्धि : www.hmrc.gov.uk

३। आपतकालीन Mortgage Holiday सम्बन्धि : आफ्नो MORTGAGE लेण्डर (बैंक) को WEBSITES

यदि यहाहरुलाई कहिँकतै सम्पर्क गर्नुपरेमा अथवा सम्बन्धित निकायहरुसँग सम्पर्क गर्न अप्ठ्यारो परेको खण्डमा निम्न रुपमा सम्पर्क गर्न सक्नुहुने छ ।
गैर आवासीय नेपाली संघ बेलायत ले कोरोना भाईरस संग सम्बन्धित समस्याको लागि हेल्प लाईनको सुविधा गरेको छ।

Help Line No: 07795086674

प्रतिक्रिया