पूर्ण गुरुंग , लण्डन । बेलायतस्थित नेपाली समाजसेवी, उद्यमी तथा व्यवसायीहरुलेकोरोना भाइरसका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरुलाईसहयोग गर्ने विभिन्न सामाजिक संजालमार्फत जनाएका छन्। चीनकोवुहानबाट शुरु भएको नोवल कोरोना भाइरसका कारण दस हजारभन्दाबढीको ज्यान गइ सकेको छ भने लाखौं संक्रमित भएका छन् ।
नोवल कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलाइरहेकोअवस्थामा पछिल्लो समय युरोप लगायत बेलायतमा समेत ठूलो संख्यामासंक्रमितहरु देखापरेका छन् । उक्त कोरोना भाइरसकै कारण दिनप्रतिदिनउद्योग, व्यापार, पसल, कलकारखानाहरु बन्द हुँदै गर्दा कैयौं मानिसहरुरोजगारबाट वञ्चित भएका छन्। रोजगारबाट वञ्चित भएका बेलायतमा रहेका त्यस्ता नेपाली विद्यार्थीहरुलाई सहयोगको आवश्यकता भए बस्न रखानाको निःशुल्क प्रवन्ध गर्ने समाजसेवी बिष्णु बञ्जाडे, ए स्टारफाईनान्सियल सर्भिसेसका रमेश सराङ्गकोटी, एनआरएनए युकेकी उपाध्यक्ष रोजिना प्रधान राई र एनआरएनए युकेका उपाध्यक्ष सुनिल बाबु खड्काले विभिन्न सामाजिक संजालमार्फत जनाएका छन्।
समाजसेवी बञ्जाडेले २ जना, ए स्टारका सराङ्गकोटीले २ जना, एनआरएनए युकेकी उपाध्यक्ष राईले ४ जना र अर्का उपाध्यक्ष सुनील बाबु खड्काले ६जना विद्यार्थीहरूलाई निःशुल्क खाना र बस्नको व्यवस्था गर्ने जनाएका हुन् अफ्ठ्यारोमा रहेका त्यस्ता विद्यार्थीहरुले सामाजिक संजालमार्फत उनीहरुलाई सम्पर्क गर्न सक्ने छन् । यसैबीच एनआरएनए युकेकापूर्वउपाध्यक्ष एवम् समाजसेवी शेरबहादुर सुनारले वृद्धबृद्धागोर्खाजहरुलाई निःशुल्क खाना वितरण शुरू गरेको जनाएका छन्। उनले सो अभियानमा सघाउने सबैलाई धन्यवाद पनि दिएका छन् ।
यसैगरी दक्षिण पूर्वी लन्डनस्थित व्यवसायी तथा समाजसेवी फत्त थापालेआफ्नो नयाँ घर केही समयका लागि नेपाली विद्यार्थी हरुकालीनिशुल्क उपलब्ध गराउने जनाएका छन् । त्यस्तै शनिबार पत्रकार गणेशखड्काले संचालन गरेको फेसबुक लाइभमा बोल्दै रेस्टुरेन्ट व्यवसाय अनिता केसीले ६ जनासम्म विद्यार्थीहरुलाई निशुल्क डिनर खुवाउने वाचागरेकी छिन् । तेस्तै प्लम्स्टेडमा रहेको डाँफे रेस्टुरेन्टका संचालक विष्णु त्रिपाठीले दुई जना विघार्थीहरुलाई सहयोग गर्ने बताएका छन् । घोषणा गर्ने क्रम जारी छ, तर समन्वयको अभाव देखिएको छ ।
यस्तो विषम परिस्थितिमा अप्ठ्यारोमा परेका नेपाली विद्यार्थीहरुको सहयोगका लागि स्वतःस्फुर्तरुपमा आव्हान गरेका नेपाली उद्यमी तथाव्यवसायी एवं समाजसेवीहरूको सामाजिक संजालमा चारैतर्फ प्रसंशा गरिएको छ ।
(यो समाचार सामग्री कोरोना भाइरस संक्रमणबारे बेलायतस्थित नेपाली समुदायलाई सचेत बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा तयार पारिएको हो ।)