२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतमा अफ्ठ्यारो परेका विधार्थीको लागी रोजिनाले सहयोग गर्ने

2644 Shares
Spread the love

भोला लामिछाने, यूरोप
बेलायत निवासी महिला समाजसेवी एवं अभियन्ता रोजिना प्रधान राई द्वारा भर्खरै बेलायत आएर हालको कोरोना भाईरसको कारणले दैनिक जिवनमा अफ्ठ्यारोमा परेका बिधार्थी भाई बहिनीहरूका लागी सहयोग गर्ने बताएकी छन् । यतीबेला काेराेना भाईरस विश्वमा तिब्र गतीमा फैलीरहदा यसको संक्रमण का कारण बेलायत पनी लक डाउन गरिएको छ । यसबाट बेलायतमा आफ्नो सुनौलो भविस्यका लागी भर्खरै यहा उत्रेका बिधार्थीहरूको समस्यालाई मध्यनजर राखेर सबैले आ आफ्नो ठाउबाट सकेको सहयोग गरेको खन्डमा केही राहत मिल्ने बताउदै राईले बस्न खानाको लागि अति आवश्यक परेमा ४ जना सम्मको लागि निशुल्क खाना र कोठा उपलब्ध गराउने बताएकी हुन् ।

हाल एन आर एन यू के को निर्वाचित उपाध्यक्ष रोजिना रोजिहिरा लिमिटेड कम्पनीकी प्रवन्ध निर्देशक, ब्लाइन्ड रक्स यूकेको उपाध्यक्ष, एसियन महिला एसोसिएसन (आमा) को प्रवक्ता, किरात राई यायोख्या महिला विभागको महासचिव,नेपलीज वुमन एसोसिएसन यूकेको आजीवन सदस्य, हयूमन राइट्स यूकेको सदस्य समेत रहेकी छन् । काठमाडौंमै जन्मे हुर्केपनि अहिलेको स्थानमा आइपुग्न धेरै संघर्ष गर्नुपरेको सुनाउने रोजिना उच्च शिक्षाका लागि बेलायत आएपछि कामको खोजीमा भौंतारिनु परेको पीडादायी क्षण देखि दिनको २० घण्टासम्म काम गर्नुपर्दाको कष्टकर दिनचर्याले आफ्नो आत्मबल झन् बलियो भएको बताउछीन् , ‘म आफैं दुःख, संघर्ष पार गरेर आएकाले अरुको दुःख, पीडामा साथ दिन रुचाउंछु उनले थपीन् ।

एडंलिड स्किन युनिभर्सिटीबाट विजनेश एडमिनिस्ट्रेसनमा मास्टर्स गरेकी उनले युनिभर्सिटी अफ वेष्ट लन्डनमा नर्सिंङ अध्यन समेत गरेकी छन् । उनलाई आमा बाबा, श्रीमान हिराधन राई, सासु ससुरा र अग्रजहरुले समीजसेवामा प्रेरीत गरेको बताउछीन् । खोटाङमा इ लाइब्रेरी निर्माण तथा भूकम्पका बेला पनी उद्दार र सहयोगमा जुटेकी रोजिना बेलायतमा निरन्तर हुने च्यारिटीमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छीन् ।

टुडेज वुमन, गुन्युचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियान, नवनारी नेपाल आदि अवार्ड द्वारा उनलाई सम्मान समेत गरिएको छ ।

सम्पर्कका लागी 07482242000 रोजिना / हिराधन राई बेलायत ।

प्रतिक्रिया