२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए अभियन्ता शेर सुनारले वृद्ध वृद्धालाई निशुल्क भोजन उपलब्ध गराउँने

2857 Shares
Spread the love

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत पूर्वउपाध्यक्ष तथा एनआरएनए अभियन्ता शेरबहादुर सुनारले भूतपूर्व गोर्खा लगायत वृद्ध वृद्धालाई निशुल्क खाना खुवाउने भएका छन् । 

बेलायत सरकारले कोरोना भाइरसका कारण विशेष गरी वृद्ध वृद्धालाई घरमै बस्न अनुरोध गरेपछि एनआरएनए अभियन्ता सुनार वृद्ध वृद्धाको सेवामा लागेका हुन् । 

आफू बस्ने अल्डरशट क्षेत्रमा स्थानीय वृद्धवृद्धालाई दिउँसो चार बजेदेखि ७ बजेसम्म घरमै सुप र हल्का खाना घर घरमा पुर्याइने उनले बताए । सो कार्यका लागि उनलाई परिवार र केही स्वयंसेवी साथीहरुको साथ छ । 

समाजसेवी सुनारले “सेवा नै धर्म हो” भन्ने पवित्र उद्देश्यलाई संकटको योघडीमा व्यवहारमा उतार्न लागेको बताए । “कोरोना भाइरस संक्रमित संख्या दिनानुदिन वृद्धि भएपछि बेलायत सरकारले वृद्ध वृद्धालाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन भनेको छ”, समाजसेवी सुनारले भने, “यस्तो दुखको घडीमा सवै समुदायका वृद्धवृद्धा आमा तथा बुवाको सेवा गर्न मैले निशुल्क भोजन घरघरमा पुर्याउन लागेको छु ।”

सुनारले त्यसका लागि नामहरु संकलन गर्ने र गराउने कार्य बिहीबारबाटै सुरु गरिएको बताए । उनले वृद्ध वृद्धाहरुको नाम दिएर यो पवित्र उद्देश्यमा साथ दिन पनि सबैलाई आव्हान गरेका छन् । 

“कोरोना भाइरसबाट संक्रमति मानिसहरुको मृत्यू दर बढिरहेको छ । बेलायत पनि कोरोना मारमा परेको हामी सवैलाई थाहा छ । व्यापार व्यवसाय कोरोनाकै कारण संकटमा परेको छ । मानव जीवन नै लिने यो रोगबाट बच्न हामी सबै सचेत हुनु जरुरी छ,” सुनारले भने।

सामाजिक अभियानलाई बेलायतभर पुर्याउन पनि उनले सबैलाई विनम्र अनुरोध गरेका छन् । 

सम्पर्क:

शेर सुनार 

तथा भेटघाट रेन्टुरेन्ट 

०७८९९७०४८९९  

(यो समाचार सामग्री कोरोना भाइरस संक्रमणबारे बेलायतस्थित नेपाली समुदायलाई सचेत बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा तयार पारिएको हो ।)

प्रतिक्रिया