लन्डन– कोरोना भाइरसको संक्रमण रोक्न अनावस्यक खादा , माला र भाषणको कार्यक्रम नगर्न सार्वजनिक रुपमा आह्वान हुँदा पनि गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्त जर्मनीदेखि बेलायत सम्म आएर कार्यक्रम गर्न हौस्याए । महासचिव डा हेमराज शर्मा मूकदर्शक भए । कारण थियो दुवै जना निरीह थिए किनकि उनिहरुको शक्तिशाली संयोजक सामु कार्यक्रम रोक्ने हिम्मत नै थीएन ।
एन आर एन ए का असन्तुस्ट सदस्य हरुले बिरोध जनाई कालो झण्डा देखाउंदा पन्तले सम्पूर्ण बेलायतीहरुलाई नै बिस्वका सबै भन्दा अराजक र यस्तो कहिँ नहुने लेक्चर सहितको भाषण चुटन भ्याए ।
पन्तलाई भाषण र सम्मानको कार्यकम पछि गैर अवासीय नेपाली संघले अर्को महिलाको कार्यक्रम पनि रोक्ने भन्दा पेलेर भए पनि गर्न अग्रसर भये ।
जव बेलायतका २ कार्यक्रम सकिए तब मात्र दिब्य ज्ञान प्राप्त भए जस्तोगरि कार्यक्रम नगर्ने भन्दै भिडियो सार्वजनिक गरेर लाज पचाउन सस्तो प्रहसन गरेको एकजना आइसीसी सदस्यले बताए ।
कार्यक्रममा गएका संघका पुराना २ जना संस्थापकहरु अल्डरसट कार्यक्रम पछि फ्लु ले ग्रसित रहेको र कार्यक्रममा गएर दुख पाएको भनि गुनासो गरेको स्रोतको दावी छ ।
यसरी लापरवाहीले कार्यक्रम गर्नुलाई सर्वत्र बाट गैर जिम्मेवारी पूर्ण रुपमा हेरीएको छ साथै ग़ैर आवासीय नेपाली संघ बेलायत सम्म आलोचित भएको छ ।
खादा माला आसान नगर्ने भन्ने तर माइकमा बोल्ने र कार्यक्रमका लागी मात्र कार्यक्रम राख्ने रोगले समग्र संस्था पिरोलिएको छ ।
ढिलै भए पनि भिडियो आयो, कार्यक्रम नगर्ने प्रण हुनुले गल्ति महसुस गरेको संघका एक सदयको भनाइ छ ।