1843
Shares
काठमाडौं- युएईमा रहेका दुई नेपालीमा कोरोना भाइरस संक्रमण भएको छ। सोमबार दुई नेपाली सहित १४ जनामा कोरोना संक्रमण देखिएको युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। सोमबार कोरोना संक्रमण हुनेमा चार जना युएई, तीन जाना इटालियन, दुई जना बंगलादेश, दुई जना नेपाली रहेका छन्। यस्तै रसियन, भारतीय र सिरियन एक एक जनामा संक्रमण भेटिएको छ।
मन्त्रालयले विज्ञप्ती जारी गर्दै उनीहरुलाई यस अघि संक्रमित तथा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको सम्पर्कबाट भाइरस सरेको बताएको छ। यो सँगै युएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।
संक्रमित दुई नेपाली कुन कम्पनीमा कार्यरत थिए भन्ने खुलाइएको छैन।
