२०८३, ६ आश्विन मंगलवार
×

ट्रेन्डिङ

कोरोना त्रासः साउदी हिँडेका १२० जना नेपालीको उडान रद्द

1494 Shares
Spread the love

काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी आतंककाबीच साउदी अरेवीया सरकारले आप्रवासी आवागमनमा कडाइ गरेको छ। आप्रवासीमाथिको कडाइसँगै फ्लाई दुवईबाट साउदी जान लागेका १ सय २० जना नेपाली श्रमिकको उडान रद्ध भएको छ।

म्यानपावर व्यवसायीका अनुसार सोमबार साउदी जान लागेका करीब १ सय २० श्रमिकको उडान रद्ध भएको हो। तत्कालका लागि फ्लाई दुवई साउदीमा रोक लगाइएको हुँदा सो फ्लाईमार्फत सोमबार साउदी जान लागेका करिब १ सय २० जनाको उडान रद्ध भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।

हाल साउदीमा युएई, बहराइन, कुवेत हुँदै साउदी अरेयिबा जाने यात्रुहरु ३ वटा एअरपोर्टबाट मात्रै भित्रिन पाउँछन्। साउदीले किङ खालिद इन्टरनेशनल एअरपोर्ट, किङ अब्दुल्लाजिज इन्टरनेशनल एअरपोर्ट, किङ फहाड इन्टरनेशनल एअरपोर्टमात्र खुल्ला गरेको छ। इजिप्ट हुँदै साउदी अरेविया प्रवेश गर्ने यात्रुहरुले स्वास्थ्य परीक्षणको प्रमाणपत्र अनिवार्य बोक्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया