लन्डन । कोरोना भाइरस बिरुद्ध आज विश्व आक्रान्त छ । बेलायती सम्बन्धित निकायहरुले सर्वसाधारणको हेक्का राख्दै भिडभाडमा नहिड्न, भरसक अनावस्यक सार्वजनिक स्थलहरुमा ननिस्किन अनुरोध गरेका छन् ।
कसैले सर्वसाधारणको जीवन जोखिममा पार्ने क्रियाकलाप गरे कड़ा कानुनी कारबाही हुने सम्मका योजना सार्वजनिक भएका छन ।
तर गाउँ, देश छोडेर प्रवासमा कर्म र दुख गर्ने नेपालीहरुको जीवनको रक्षा गर्न दायित्व निभाउनु पर्ने संस्था गैर आवासीय नेपाली संघले गैरजिम्मेवारीपूर्ण भूमिका खेल्दै कुनै अत्यावस्यक कार्यक्रम नभएर सम्मान थाप्ने कर्यक्रम जबर्जस्ति थोपरेर बेलायती नेपालीहरूको जीवन जोखिममा पार्न लागेको छ ।
एनआरएन युके कार्यसमितीकै उपाध्यक्ष र कोषाध्यक्ष समेतले थाहा नपाइ आर्थिक संकलन गरेर गर्न लागीएको कार्यक्रमलाई स्थगित गरी कोरोना संक्रमणबाट सर्वसाधारणको स्वास्थ्य र जीवनको लागि जिम्मेवारी प्रदर्शन गर्न छोडेर संघका अध्यक्ष कुमार पन्त जर्मनीबाट उड़ेर र महासचिव डाक्टरजस्तो ज़िम्मेवार व्यक्ति हेमराज शर्मा नै ज़िम्मेवारी चटक्क बिर्सिएर टिकालगाएर मनोनीत गरिएका एकजना ब्यक्तिको लहडमा सम्मान थाप्न उत्रेका छन् ।
एनआरएन नेतृत्वले नेपाल सरकारले चालेको कदम जतीपनि बुद्धि पूर्याऊन नसकेको, एनआरएन युकेलाई कार्यक्रम सार्न र रोक्न भन्न हिम्मत पनि नभएको भनि पन्त र शर्माको आलोचना भएको छ ।
अहिलेको परिस्थितिमा नेपाल सरकारले, पार्टीहरूले सभा सम्मेलन रोकेका छन् । अमेरिकाको एनआरएनले महिला दिवसको कार्यक्रम स्थगन गरेर सूझबुझ देखाएको छ । तर युके र केंद्र भने एकजना ब्यक्तिको लहडमा सती गएको भनि उपाध्यक्षहरू र संघका आधाभन्दा धेरै संस्थापक सदस्यहरूले बहिष्कार गरेको खबर छ ।
६० वर्ष उमेर माथिका व्यक्तिहरूलाई कोरोनाको उच्च जोखिम रहेको र कोहि नेपालीको ज़्यान तलमाथि भए संघले ज़िम्मालिनु पर्ने भनि पत्रकार मंदिप केसीले फ़ेसबुकमा लेखेका छन् । लहडमा लाग्नु भन्दा बिहिबार बेलुकी हुने खादा र सम्मान कार्यक्रम रद्द गरे संघ र पन्तको इज्जत बच्ने बुद्धिजीवीहरूको राय छ ।
यसै बीच एनआरएन युकेले आयोजना गर्न लागेको एक विवादित कार्यक्रममा बेलायत आउने भनिएका केन्द्रिय अध्यक्ष कुमार पन्तलाई कालो झन्डा देखाइएमा आफुहरुले जिम्मा लिन नसक्ने एनआरएन युकेका निर्वाचित पदाधिकारीहरुले जनाएका छन् ।
बुधबार राती लन्डन साउथ ह्यारो स्थित गोल्डेन सिप रेस्टुरेन्टमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनआरएन युकेका उपाध्यक्ष प्रेम गाहा मगरले बिहिबार हुन लागेको उक्त विवादित कार्यक्रममा भाग नलिन अनुरोध गर्दै आफुले केन्द्रिय अध्यक्ष पन्त तथा बेलायतमै बसोबास गर्ने महासचिव डा हेमराज शर्मालाई इमेल पठाएको जनाए । “तपाईंहरुले यो प्रत्यक्ष पत्रकार सम्मेलन हेरीरहनु भएको छ भने मेरो इमेलको जवाफ दिनोस्,” मगरले भने। उनले अध्यक्ष पन्तलाई विवादित र निहित स्वार्थी गुटको हैन, ८२ मुलुकमा शाखाहरु भएको एनआरएन केन्द्रको नेतृत्व गर्न आग्रह पनि गरे।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनआरएन युकेका अर्का उपाध्यक्ष नारायणदत्त कंडेलले एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले आफु खुसी सल्लाहकारहरु मनोनयन गरेको र उनीहरुलाई कार्य समितिले अनुमोदन नगरेको खुलासा गरे। “कार्यसमितिले अनुमोदन नगरेका व्यक्तिहरुलाई सल्लाहकार भन्दै खादा र माला लगाउने कार्यक्रम अवैध र संस्थाको हितमा छैन। त्यसैले हामीले बिहिबार हुने भनिएको कथित कार्यक्रममा सहभागी नहुने निर्णय गरेका हौँ, “ उनले भने।
उपाध्यक्ष नारायणदत्त कंडेलले अध्यक्ष गुरुङले कार्यसमिति भन्दा बाहिर रहेका व्यक्तिहरुको प्रभावमा परेर प्रस्ताव ल्याउने तथा त्यसलाई पारित गराउन प्रयास गर्ने गरेको पनि जनाए। उनले बेलायतस्थित झन्डै २ लाख नेपालीहरुको प्रतिनिधित्व गर्ने निर्वाचित कार्यसमितिमा कोहि सक्षम व्यक्ति नै नभएको जस्तै गरी केन्द्रबाट मनोनित आइसीसी सदस्य रामशरण सिम्खडालाई मार्च ५ मा हुने भनिएको कार्यक्रम संयोजन गर्न कार्यसमितिको सहमति बिना नै सर्वाधिकार सुम्पिनु दुखको कुरा भएको पनि बताए ।