२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

कोरियामा रहेका नेपालीलाई कोरोना संक्रमणबाट बच्न दूतावासको अपिल

3065 Shares
Spread the love

काठमाडौं : सियोलस्थित नेपाली राजदूतावासले दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्दै गएपछि त्यहाँ रहेका नेपालीलाई यस रोगबाट बच्न  विशेष सावधानी अपनाउन राजदूतावासले आग्रह गरेको हो।

राजदूतावासले प्राणघातक उक्त रोगबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको छ।

‘कोरियाली सरकार र सम्वद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना भाइरसबाट सुरक्षित रहन विभिन्न सिलसिलामा हाल दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नेपाली राजदूतावास सिओल विशेष अनुरोछ गर्छ, ‘विज्ञप्तिमा भनिएको छ।

दक्षिण कोरियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ सय ५६ पुगेको छ।

प्रतिक्रिया